Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

नागोया –  एनआरएन जापानको वार्षिक साधारण सभा नागोयामा आज सम्पन्न भएको छ ।

साधारण सभाको प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई र बिशेष अतिथि एनआरएनका प्रमुख संरक्षक देवमान हिराचनले संयुक्तरुपमा  उदघाटन गर्नुभएको थियो ।

एनआरएन जापानका अध्यक्ष ओम गुरुङको सभापतित्वमा भएको सो साधारण सभामा बार्षिक कार्यप्रगति प्रतिबेदन, आर्थिक प्रतिबेदन र क्षेत्रीय समितिहरुको प्रतिबेदन प्रस्तुत गरिनुका साथै सामान्य सशोधनसहित बिधान पारित गरिएको थियो ।

साधारण सभामा एनआरएन फ़ोकल प्वाईन्टको समेत जिम्मेवारी पाएका नेपाली दूतावासका उपनियोग प्रमुख तापस अधिकारी, एनआरएन आइसीसीका कोषाध्यक्ष भवन भट्ट, एशिया प्यासिफ़िक उपसंयोजक किरणविक्रम थापा, आइसीसी सदस्यहरु रोविन्द श्रेष्ठ, लालबहादुर केसी, डा. सुदिप अधिकारीलगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसैगरी जापानका बिभिन्न क्षेत्रबाट प्रतिनिधिमुलक सहभागिता रहेको सो साधारण सभा पहिलोचोटी राजधानी बाहिर नागोया सहरमा भएको हो ।

साधारण सभामा नागोया क्षेत्रका कार्यवाहक संयोजक विष्णुप्रसाद घिमिरेले स्वागत गर्नु भएको थियो भने शुभकामना मन्तव्य नेसाजका कृष्ण भेटवाल,  इन्जिनियर एसोसिएसनका मधुसुधन कायस्थ, जनसम्पर्क समितिका शेरबहादुर केसी,  एनडिएफ जापानका सल्लाहकार सूर्य पाठक,  संयुक्त लगानी समितिका सहसंयोजक महेशकुमार श्रेष्ठले व्यक्त गर्नुभएको थियो ।
यसैगरी बिशेष अतिथि देवमान हिराचनले नेपालको आर्थिक अवस्था सुधार्न कृषिमा सुधार गर्नु पर्ने बताउनु हुँदै एनआरएनको दर्ता सरकारी परिभाषा अनुसार नभएर एनआरएन कै विधानअनुसार हुनु पर्ने धारणा राख्नुभयो ।
प्रमुख अतिथि  डा. मदनकुमार भट्टराईले जापानमा  रहेका नेपालीहरुमा भएको व्यवसायिकता अन्य देशका नेपालीहरुमा कमै देखिएको बताउनुहुंदै  यो क्रियाशिलता र सहभागिता यतिखेर देशले खोजेको बिचार ब्यक्त गर्नुभयो ।
समयाभावको कारणले पूर्वप्रचारित साँगीतिक कार्यक्रम भने हुन सकेन । सभामा करिब १०० जनाको उपस्थिति रहेको थियो ।

साधारण सभाले अर्को बर्षको अधिवेशन ओसाकामा गर्ने निर्णय पारित गरेको छ भने  सिएनएन हिरोका दाबेदार पुष्पा बस्नेत, दिलशोभा श्रेष्ठको अभियान र रक्षा नेपाल अभियानलाई १। १ लाख रुपैंया आर्थिक सहयोग गर्ने निर्णयसमेत पारित गरेको छ । ***

तपाईको प्रतिक्रिया