Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – दीपावलीको उपलक्ष्यमा म्याग्देली सञ्जाल जापनको देउसी साँझ टोकियोमा सम्पन्न भएको छ ।

दीपावलीको अवसरमा म्याग्देली सञ्जालले हरेक बर्षदेउसी साँझ कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा मौलिक परम्पराअनुसार देउसी भैलो खेलिनुका साथै गच्छेअनुसारको दक्षिणा संकलन गरिएको थियो । देउसीभैलोको अतिरिक्त सामुहिक नृत्य, दोहोरी, लोकभाका लगायतका साँगीतिक आकर्षण रहेको थियो ।

आयोजक सँस्थाका अध्यक्ष महेन्द्र खड्काको सभापतित्वमा भएको देउसी साँझ कार्यक्रममा उपाध्यक्ष महेन्द्र वानियाले आयोजक समितिको तर्फबाट अतिथि तथा सहभागीहरु सबैलाई स्वागत गर्नुका साथै दीपावलीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि म्याग्देली सञ्जाल जापानका सल्लाहकारसमेत रहनुभएका नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले पानसमा दियो प्रज्वलन गरी उदघाटन गर्नुभएको देउसी साँझ कार्यक्रममा अन्य अतिथिहरुले दीपावलीको शुभकामना ब्यक्त गर्नुभएको थियो । शुभकामना मन्तब्य ब्यक्त गर्ने अतिथिहरुमा नेपाल मगर संघ जापानका अध्यक्ष शैलेन्द्र थापा मगर, तमु धी जापानका अध्यक्ष हर्क गुरुङ, एनआरएन जापानका प्रवक्तासेमत रहनुभएका म्याग्देली सञ्जालको सल्लाहकार एवं थसेस जापानका अध्यक्ष शरदकुमार गौचन, सञ्जालका सल्लाहकारहरु गमप्रसाद जुग्जाली मगर, जोन छन्त्याल, सल्लाहकार एवं नारी कुञ्ज जापानका अध्यक्ष छक्कु उदासी, वी फर अलका उपाध्यक्ष दीपकबाबु नेपाललगायतका हुनुहुन्थ्यो । कार्यक्रमको अन्तमा प्रमुख अतिथि तिलक मल्ल र सभापति महेन्द्र खड्काले दीपावलीको शुभकामना ब्यक्त गर्नुभएपछि देउसीभैलो शुरु भएको थियो ।

देउसीभैलोमा महेन्द्र वानिया, अमर गुरुङ, मीना लोहनी, सरास्वती पुन, बिष्णु वानिया, दिलु भण्डारी, सीमा खड्का, स्याम्पी खड्का, मुना केसीलगायतका कलाकारहरुको उत्कृष्ट एवं मौलिक प्रस्तुतीमा सहभागीहरु झुमेका थिए । बिहानसम्मा चलेको देउसीभैलो कार्यक्रम गोतान्दास्थित माया रेष्टुरेन्टमा भएको हो । सो अवसरमा दोहोरीको घम्साघम्सीले थप रौनकता प्रदान गरेको थियो । ***

 

तपाईको प्रतिक्रिया