Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

टोकियो – गत बर्षको भूकम्प तथा सुनामीबाट पीडित जापानीहरुलाई हालै टोकियो योनेयामा युआई रोटरी क्लब र होक्काईडो मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले नेपाली स्वाद र संगीत प्रदान गरेर सहयोगी भावनाको उजागर गरेको छ ।

जापान सरकारद्वारा पीडितहरुको लागि नीर्मित अस्थायी आवास केन्द्र (कासेचु ज्युताकु) मा पुगी उनीहरुलाई नेपाली स्वादका भोजन उपलब्ध गराउनुका साथै नेपाली सँस्कृति झल्काउने मौलिक नृत्य प्रस्तुत गरिएको थियो ।

अघिल्लो वर्ष उत्तरपूर्वी जापानमा आएको सुनामी तथा भूकम्पबाट ज्यादै प्रभाबित क्षेत्रमध्यको एक मिनामी सानरिकुचो केसेनुमा र कासुनामी क्षेत्रका प्रभावित जापानीहरु मियागीकेन तोमे सिटीस्थित आवास केन्द्रमा करिब १ हजार जना बसोबास गर्दछन । उक्त अस्थाई घरहरुको सामुदायिक हलमा जम्मा भएका ५ सय जना जापानीहरुलाई नेपाली स्वाद र नृत्यको माध्यमबाट नेपाल र नेपालीमनलाई चिनाउने काम गरिनुकासाथै पीडित आत्माहरुप्रति सहानुभूति प्रकट गरिएको हो ।

उक्त रोटरी क्लबका उपाध्यक्ष तथा प्रतिष्ठानका संथापक डा. राम गिरिको संयोजनमा भएको सो कार्यक्रममा नेपाली समुदायबाट एनआरएनका निबर्तमान अध्यक्ष तथा वर्तमान आइसीसी सदस्य रोशन केसी, सल्लाहकार जिज्ञानकुमार थापा, सदस्यद्वय राजु ढकाल र यसोदा बस्नेत थापा, गुल्मेली सेवा समिति जापानका अध्यक्ष शालिकराम भण्डारी, एनआरएन कान्तोका बुद्धिराज घिमिरे र आशमा कोइराला, रबि पोखरेल, कुशल वाग्ले लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा शालिकराम भण्डारी, राजु ढकाल, बुद्धिराज घिमिरे र रबि पोखरेलद्वारा तयार पारिएको स्वादिष्ट नेपाली भोजनको धेरै प्रसंशा गरिएको थियो भने यशोदा बस्नेत र आशमा कोइरालाले नेपाली कला र सँस्कृति झल्काउने नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । यसैगरी जिज्ञानकुमार थापाको चुट्किलाले कार्यक्रमलाई थप रौनकता दिलाएको थियो ।

होक्काइडो मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले बिगत १५ वर्षदेखि नेपालको कास्की जिल्लाका १५ वटा बिद्यालयहरुमा हालसम्म १२ सय जनालाई छात्रवृत्ति, पुस्तकालयको स्थापना, कम्प्युटर सेन्टर निर्माण, साइन्स ल्याबको निर्माण, ग्रामिण बिद्युतिकरण आदिमा सहयोग पुर्‍याउँदै आएको कुरा संथापक अध्यक्ष डा. राम गिरीले बताउनुभयो । हाल प्रतिष्ठानमा सय जना जापानीहरु सदस्य रहेको बताईएको छ । ***

 

 

 

तपाईको प्रतिक्रिया