शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
काठमाडौ – प्रधानमन्त्री बाबुराम भट्टराई पत्नी हिसिला यमीले दिदी तिमिलालाई काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)  को अध्यक्ष बनाउन वोर्ड सदस्यलाई दबाब दिएकी छन् । वोर्ड सदस्यसमेत रहेकी तिमिलालाई अध्यक्ष बनाउन हिसियालाले दबाब दिएकी हुन् ।
सहरी विकास मन्त्रालयका किशोर थापा र स्थानीय विकास मन्त्रालका सचिव शीतलबाबु रेग्मीलाई तिमिलालाई अध्यक्ष बनाउन हिसिलाले दबाब दिन थालेकी छिन् । स्थानीय विकासमन्त्रालय अन्तर्गतका काठमाडौ महानगरपालिका र ललितपुर उपमहानगरपालिका केयूकेएलका शेयर होल्डर हुन् ।
स्रोतका अनुसार हिसिलाले हालका वोर्ड सदस्यलाई परिवर्तन गरेर भए पनि तिमिलालाई अध्यक्ष बनाउन दबाब दिन थालेकी छिन् ।
‘हिसिला सके बोर्ड सदस्यलाई मनाएर, नभए सबै वोर्ड सदस्यलाई परिवर्तन गरेर दीदीलाई जसरी पनि अध्यक्ष बनाउन लागेकी छिन’ स्रोतले भन्यो । सहरी विकास मन्त्रालय जिम्मेवारी प्रधानमन्त्री आफैले हेर्दै आएका छन् ।
यस अघि पनि तिमिलालाई अध्यक्ष बनाउन हिसिलाले महानगर र ललितपुर उपमहानगर महानगरपालिका कार्यकारीलाई दबाव दिएकी थिइन् । एक वोर्ड सदस्य अनुसार विगत केही दिनदेखि हिसिलाले दिदीलाई अध्यक्ष बनाउन सरोकारलाई निकै दबाव दिन थालेकी छिन् । वोर्ड सदस्यलाई समेत जसरी भएपनि दीदीलाई अध्यक्ष बनादिन अनुरोध गर्न थालेकी छिन् ठिकै हो’ उनले भने । हिसिलाले दबाव दिए पनि कुनै प्रभाव नपर्ने वोर्ड सदस्यको भनाइ छ । नातावादलाई प्रश्रय नदिने उनले बताए । हिसिलाले दीदी कैयूंदेबी यमिलाई लोक सेवा आयोगको कार्यबाहक अध्यक्ष बनाइसेकी छिन् । अनावश्यक दवाव दिए त्यसको प्रतिवाद गर्ने मनस्थितिमा वोर्ड सदस्य रहेका छन् । सदस्य तिमिलालाई त्यस प्रतिक्रिया लिन पटक-पटक प्रत्यास गर्दा सम्पर्क हुन सकेन ।
गत वर्ष पनि विभिन्न संघसंगठनको चर्को दबावपछि प्रयागलाल जोशी अध्यक्ष बनाउन स्थानीय विकास मन्त्रालय बाध्य भएको थियो । महानगरको तीस, नेपाल सरकारको तीस, ललितपुर उपमहानगरपालिकाको दस  र अन्यको तीस प्रतिशत सेयर रहेको छ । नियमावली अनुुसार वोर्डमा सात सदस्ययी हुने भनिए पनि हाल छ सदस्य छन् । स्वतन्त्र संचालक मध्येको नेपाल चेम्बर अफ कर्मशले आफ्नो प्रतिनिधि पठाएको छैन । हालको वोर्ड गठनप्रति नेपाल चेम्बर अफ कर्मशले असहमति जनाएको छ । केयूकेएल नियमावली अनुसार अध्यक्ष पदावधि एक वर्ष रहेको छ । सात महिना अघि जोशी अध्यक्ष भएका थिए ।

तपाईको प्रतिक्रिया