Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

काठमाडौं – बौद्ध बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको ‘बौद्ध दर्शन र शान्ति’ विषयमा यही भदौ २१ गतेबाट अध्यापन सुरु हुने भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुने यो विषयको अध्ययन विश्वमै पहिलो भएको विश्वविद्यालयको दाबी छ ।

संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, जापान, कोरिया, चीन, भारत र श्रीलंका लगायतका देशमा बौद्ध दर्शनको अध्ययन अध्यापन भइरहे पनि बौद्ध दर्शनसित शान्ति पनि जोडेर अध्ययन अध्यापन हुने देश भने नेपाल नै पहिलो बनेको छ ।

“बौद्ध दर्शन र शान्ति विषयको स्नातकोत्तर तहमा एकसाथ अध्यापनले भगवान गौतम बुद्धको जन्म नेपालमै भएको थियो भन्ने तथ्यलाई प्रमाणित गर्न थप बल पुर्‍याउनेछ,” बौद्ध बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मोहन खतिवडाले भन्नुभयो ।

खतिवडाका अनुसार शास्त्रीयभन्दा पनि व्यावहारिकरूपमा जान्नका लागि बौद्ध दर्शन र शान्तिलाई समायोजन गरी अध्यापन सुरू गरिएको हो । यो विषयको अध्यापनसँग नेपालको कला संस्कृतिलाई विश्वमै देखाउने माध्यम हुने बौद्धवासी टासीकुमार लामाको विश्वास छ ।

विश्वमै धार्मिक प्रकृतिका द्वन्द्व बढिरहेका बेला त्यस्ता द्वन्द्वलाई न्यून गर्न बौद्ध दर्शन र शान्ति विषयको अध्ययन र अध्यापन उपयोगी हुने क्याम्पस प्रशासनको विश्वास रहेको छ ।

बौद्ध दर्शन र शान्ति विषय अध्ययन अध्यापन गराउने अभ्यासका लागि दुई वर्षघिदेखि गृहकार्य थालिए पनि दुई महिनाअघि मात्र विश्वविद्यालयले पाठ्यक्रम स्वीकृत गरेको थियो ।

अहिललेलाई यो विषयको अध्यापनका लागि बौद्ध बहुमुखी क्याम्पसलाई मात्र सम्बन्धन दिइएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।यो विषय अध्ययनका लागि स्वदेशी मात्र नभई विदेशी पनि धेरै सङ्ख्यामा आउने विश्वविद्यालयले विश्वास लिएको छ ।

“नेपाललाई बौद्ध दर्शन र शान्ति विषयको अध्ययन अध्यापनको केन्द्र बनाउने विश्वविद्यालयको लक्ष्य रहेको छ”, उपकुलपति मानन्धरले भन्नुभयो ।

यो विषय अध्ययनका लागि वाषिर्क रु. ४० हजार शुल्क लाग्ने र स्थलगत अध्ययन प्रतिवेदन निर्माण, अध्ययन भ्रमण र अन्य प्रयोगात्मक व्यावहारिक कामका लागि विद्यार्थी आफैले खर्च जुटाउनुपर्ने पनि क्याम्पस प्रमुख खतिवडाले जानकारी दिनुभयो । ***

 

तपाईको प्रतिक्रिया