काठमाडौं- नेपाली कांग्रेसका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिका लागि आफ्नै निवास बुढानिलकण्ठ आउन नेतारुलाई आहृवान गरेका छन् ।
‘सहमतिका लागि मेरै घरमा छलफल गरौं,’ उनले भने, ‘दालभात खुवाउँछु ।’ एक टेलिभिजन अन्तर्वार्तामा उनले २०५८ सालमा चुनाव गराउन नसक्नु र राजाबाट प्रयोग हुनुमा पश्चाताप लागेको बताए ।
देउवाले तत्कालिन माओवादीले राखेका ४० बुँदे मागमा ३८ बुँदा पूरा गर्ने आश्वासन दिएको स्मरण गर्दै माओवादीले भने एउटै पनि पूरा नगरेको ठोकुवा गरे ।