Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं– विगत चार वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजीक सास्कृतीक तथा मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको सिजन मिडियाले यो वर्ष पनि जेभियर इन्टरनेशनल कलेजको सहयोगमा  “ जेभियर इन्टरनेशनल मिस ई–कलेज २०१२” आयोजना गरेको छ ।
Women Personality Education and Beauty  मुल नाराका साथ कलेजमा अध्ययनरत  सम्पूर्ण छात्राहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकास साथै उच्च शिक्षाको अध्ययनमा सहयोग पुग्नु साथै सहि मार्ग निर्देशनको भुमिका खेल्न सकोस भन्ने अभिप्रायले तेस्रो चरणको  “जेभियर इन्टरनेशनल मिस ई–कलेज २०१२” प्रतियागिताको पहिलो चरणको छनौट प्रक्रिया मार्कोपोलो विजनेश होटल कमलपोखरी मोड काठमाडौँमा सम्पन्न भएको छ  । काठमाडौँमा रहेका विभिन्न कलेजहरुमा अध्ययनरत ४० भन्दा वढि छात्राहरुको आवेदनवाट जम्मा २४ जना प्रतियोगीहरु छनौट गरिएको छ  ।
अडिसनको निर्णायक मण्डलको रुपमा  जेभियर इन्टरनेशनल कलेजका प्रोगाम कोओडनिेटर सर्जन वि. सि. वर्षा कलेका डाइरेक्टर दिपक लिम्वु, मिस इकलेज २०१० की विजेता सलोनी नुमाफुकी, टि भी कार्यक्रम प्रस्तोता तथा मोडल अकेशा विष्ट र म्यूजीक भिडियो डाइरेक्टर अन्नपूर्ण पोष्टका रंग सञ्चारकर्मी मनोज श्रेष्ठ तथा सञ्चारकर्मी विकास सुवेदीहरुद्वारा छनौट गरिएको थियो ।
उक्त प्रक्रियावाट छनौट भएका  प्रतियोगीहरुलाई भाद्र  १२ गते मंगलवार वाट मार्कोपोलो विजनेश होटल कमलपोखरीको हलमा प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा  (प्रतियोगीतामा सहभागीहरु लाई वढि मात्रामा सन्चार तथा मनोरन्जनात्मक क्षेत्रमा काम गर्न सजीलो र सहज होस भन्ने हेतुले दक्ष शिक्षकहरुवाट  R J / VJ  को विशेष  कक्षाहरु पनि सञ्चालन गराइने प्रबन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।
भाद्र ३० गते शनिवार प्रतियोगीहरुको टया्लेन्ट राउण्ड हुने छ भने असोज १९ गते शुक्रवार अन्तिम प्रतिस्पर्धा सम्पन्न हुनेछ । प्रतियोगिताका विजेताले “जेभियर इन्टरनेशनल मिस ई–कलेज २०१२” ताज उपाधि सहित महिन्द्रा रोडीयो स्कुटर र उच्च शिक्षामा २ लाख वरावरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने छन ।
फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः २ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न विधामा पनि विजेता छनौट गरिनेछ ।
तपाईको प्रतिक्रिया