काठमाडौ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रोहितले राष्ट्रपति डा. रामबरण यादवले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बर्खास्त गरेर आफ्नै नेतृत्वमा सरकार गठन गरेर मुलुकलाई निकास दिनु पर्ने बताएका छन् ।
दलहरुवीच लामो समयदेखि रहँदै आएको सम्बादहिनता अवस्थाको अन्त्य गर्दै सहमतिको सरकार गठन गर्न दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेकेा अभियान अन्र्तगत अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीसँगकुरा गर्दै विजुक्छेले तत्काल दलहरुसँग छलफल गरेर राष्ट्रपतिले आफ्नै नेतृत्वमा सरकार गठन गर्नु पर्ने धारणा राखे ।
अहिले समन्वयकारी शक्तीको रुपमा मुलुकमा मिटिङ पोईन्ट राष्ट्रपति रहेकोले सहमति गर्न नसकने प्रधानमन्त्रीलाई घोक्रयाएर निकाल्नु पर्ने बताए । उनले अटेर गर्दै सत्तामा टासिएर बसिरहेका प्रधानमन्त्रीलाई पद छाड्न बाध्य बनाउन सन्चारमाध्यम र कर्मचारीहरुले बहिस्कार गर्नु पर्ने तर्क गरे ।
उनले भने-राष्ट्रपति यसरी चुप लागेर बस्न मिल्दैन । अब कदम चाल्नु पर्छ ।
उनले संविधानसभा विघठन गराएर अध्यादेशबाट शासन सञ्चालन गरी सत्ता कब्जा गर्ने रणनीतिका साथ माओवादी आगाडि बढेको दावी गर्दै राष्ट्रपतिले चुप नलागी हस्तक्षेप गर्नु पर्ने बताए ।
माओवादीलाई भारतको ट्रोजन हर्सको संज्ञा दिदै उनले भारतको सहयोगमा जनयूद्ध गरेका माओवादीले अहिले पनि भारतकै हितमा काम गरिरहेकोले पनि सो कुरा पुष्टि भएको दावी गरे ।
उनले भने-जनयूद्धको बेला भारतबाट ट्रकमा हालेर हतियार ल्याएको ड्राईभरलाई मैले नै भेटेको थिए । प्रचण्डलाई भेटदा पहिलो पटक दिल्लीको संसद छेउकै होटलमा भारतीयहरुले नै भेटाएका थिए । दोस्रो पटक पन्जाबमा भेटिएका थिए । भारतको समर्थन नभएको भए प्रचण्ड त्यसरी बस्नै सक्दैन थिए । भारतमै तालिम लिएको पुष्टि भईसकेकेा छ । अहिले पनि देशका १५ विमानस्थल भारतलाई दिईएको छ । यस्तो पार्टीलाई ट्रोजन हर्स नभने के भन्ने ।