Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – तमु धीं जापानले हरेक बर्ष आयोजना गर्दै आइरहेको यस बर्षको १६ औ रोंधी साँझ कार्यक्रम नेपालदेखि आमन्त्रित चर्चित कलाकारहरु र स्थानिय कलाकारहरुको सांगीतिक प्रस्तुतिहरुका साथ टोकियोको इकेगामीखाईकनमा आइतवारसम्पन्न भएको छ !

धीं का अध्यक्ष हर्क गुरुङको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई र बिशेष अतिथि नेपाल आदिबासी जनजाती महासंघ जापानका अध्यक्ष ध्रुब भट्ट्चन, गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष ओम गुरुङले संयुक्तरुपमा पानसमा बत्ती बाली उदघाटन गर्नु भएको थियो ! रोंधी साँझ कार्यक्रममा उपस्थित बिभिन्न संघसंस्थाका अतिथि तथा दर्शक महानुभाबहरुलाई धींका वरिष्ठ उपाध्यक्ष भीम गुरुङले स्वागत भाषण मार्फत स्वागत गर्नुभएको थियो भने गुरुङ जातिहरुको सांस्कृतिक धरोहारको रुपमा रहेको रोंधी प्रथाको बारेमा जानकारी गराउनुभएको थियो ! कार्यक्रममा नेपालदेखि आमन्त्रित अतिथि कलाकारहरु चर्चित गायक दीपक लिम्बू, गायिका इन्दिरा जोशी र लोकदोहोरी गायिका ज्योति लोहनीलाई प्रमुख अतिथि राजदूत डा. भट्टराई र बिशेष अतिथि ओम गुरुङले खादा लगाएर स्वागत गर्नुभएको थियो । पहिलो चरणको औपचारिक कार्यक्रमको सञ्चालन धीं का महासचिब कुमार गुरुङले गर्नुभएको थियो !

रोंधी साँझ कार्यक्रममा आमन्त्रित अतिथि कलाकार चर्चित गायक दीपक लिम्बू र गायिका इन्दिरा जोशीले आफ्ना बहुचर्चित गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई भरपूर मनोरन्जन दिलाए भने लोकदोहोरी गायिका ज्योति लोहनीका प्रस्तुतीलोकभाकालाई पनि दर्शकहरुले निकै मन पराए ।स्थानिय कलाकार सूर्य खड्का, नृत्य कलाकारहरु प्रिया गुरुङ, प्रीति गुरुङ र अप्सरा गुरुङ, नम्रता गुरुङ, सम्झना लामा, केत्सुन लामाका प्रस्तुतीलाई पनि दर्शकहरुले निकै मन पराए ।

निर्धारित समय ४ बजे भनिएता पनि ५ बजेदेखि सुरुभएको थियो र यसपटकको रोंधी सांझमा मादलुको तालसंगै घन्किने सालैजो, कौडा नृत्य जस्ता मौलिकतालाई समेटन नसकिएको भए पनिबिगतका कार्यक्रमहरुभन्दा पनि यस पटक अलि फरक किसिमको रहेकोदर्शकहरुले प्रतिक्रिया दिए ।

कार्यक्रमको मध्यान्तरमा धीं का अध्यक्ष हर्क तमुले तमु धीं जापानको तर्फबाट कार्यक्रमलाइ सफल बनाउन उपस्थित महानुभाव एवं प्रायोजक सहप्रायोजक बिज्ञापन दाताहरुलाई सबैलाईधन्यबाद ज्ञापन गर्नुहुदै धीं का साधारण सदस्य लम्जुंग बेसीशहर घर भई हाल जापान इवाराकीकेनमा बस्दै आएका टक गुरुङ कोठा नजिक लडेर घाईते भई इवाराकीकेनको अस्पतालमा उपचार भई रहेकोले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै संस्थाको तर्फबाट २० हजार येन र सहयोगी बुद्ध गुरुङ बाट १० हजार येन, टोकियोयूथ क्लवको तर्फबाट १३ हजार येन र वीफरअलको तर्फबाट १० हजार येन गरी जम्मा ५३ हजार येन प्रतिनिधि बुद्ध गुरुङलाई हस्तान्तरण गरियो । यसैगरी सोही कार्यक्रममा बाग्लुंग गल्कोट घर भई हाल टोकियोको इकेबुकुरोमा बस्दै आएका मृगौलापीड़ित बिष्णुबहादुर थापालाइ जापान यूथ क्लवले केही दिन अघि योयोगी पार्कमा आयोजित नेपाल फेस्टिवलमा संकलित रकम ७१ हजार २६० येन र क्लवको तर्फबाट ३० हजार येन गरी जम्मा १ लाख १ हजार २६० येन हस्तान्तरण गरेको छ ।यसरी यस बर्षको १६ औ रोंधी साँझ कार्यक्रम दर्शकहरुको उत्साहजनक उपस्थितिकासाथ सम्पन्न भएको छ । रोधी सांझको सांगीतिक चरणकोकार्यक्रमधीं का सल्लाहकार ओमप्रकाश गुरुङ र मन्जू गुरुङले सञ्चालन गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्विरहरुः संदिप ढुंगाना

 

तपाईको प्रतिक्रिया