Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं– माओवादी विद्यार्थी नेतृ बिना मगरसँग तेस्रो विवाह गरेर बेपत्ता छोरा प्रकाश दाहालबारे एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलोपटक मुख खोलेका छन् ।
घटना र विचार साप्ताहिकलाई दिएको अन्तर्वार्तामा प्रचण्डले छोराको गलत कामबारे पनि धारणा राखेका छन् । ‘तर मैले बुझेको कुरा के भने, उ धेरै सोझो मान्छे हो । असाध्यै सोझो हो तर परिस्थिति त्यस्तै त्यस्तै हुँदै जाँदा  यस्तो भो,’ उनले भनेका छन् ।
यस्तो छ अन्तर्वार्तामा प्रकाशबारे प्रचण्डको धारणा
– प्रकासजी (छोरा)सँग अहिले कस्तो कुराकानी भइरहेको छ ?
उसँग अहिले मेरो कुनै सम्पर्क छैन । उसले अरु अरुलाई म्यासेज पठाइरहेको मलाई जानकारी छ । मिडियामा पनि त्यो कुरा आइरहेकै छ । म र मेरो श्रीमतीको अहिले कुनै खालको सम्पर्क छैन ।
– त्यत्रो जनयूद्धमा साथ दिएको छोरो अहिले साथमा नहुँदा कस्तो लागेको छ ?
मानवीय मन भएका सबैलाई पीडा त भइ नै हाल्छ । मेरो निम्ति त्यो धेरै अनौठो विषय होइन । छोराछोरी भने जस्तो हुनु पर्छ भन्ने कुरा हुँदैन । त्यसभित्र धेरै फ्याक्टरले काम गरिरहेको हुन्छ । तर मैले बुझेको कुरा के भने, उ धेरै सोझो मान्छे हो । असाध्यै सोझो हो तर परिस्थिति त्यस्तै त्यस्तै हुँदै जाँदा  यस्तो भो । हामीले पनि परिवारका तर्फबाट छोरा छोरीलाई राम्रो पढाउने, राम्रो गर्ने भन्ने कुरा पनि हुन सकेन । ध्यान दिने फुर्सद पनि भएन । यूद्धको बेलामा बन्दुक बोकेर हिडेकै हो उ । उ प्रति अहिले पनि मेरो घृणा छैन । उसले गल्ती गर्‍यो तर अब महसुस गर्नु पर्छ । उसले गरेको गल्ती नै हो ।
– तपाई नाति (प्रकाशकी दोस्री श्रीमतीको सन्तान)लाई धेरै माया गर्नु हुन्छ होइन ?
हो, म एकदमै माया गर्छु । अहिले पनि टेन्सन भएपछि विहान बेलुका नातीसँग खेलेपछि टेन्सन मुक्त हुन्छु ।
प्रकाश–बिना काठमाडौं लाजिम्पाटस्थित घरबाट बाहिरिएकै दिन झापाको सुरुंगास्थित चेकपोस्टमा भेटिएको प्रहरीले मुख्यालयलाई जानकारी गराएको छ । प्रहरीले उनीहरु बिराटनगरसम्म हवाईजहाजमा गई त्यहाँबाट इटहरी, उर्लाबारी, दमक, सुरुंगा हुँदै काँकडभिट्टाबाट भारतको पटना गएको अनुमान गरिएको छ ।
काठमाडौंबाट प्रकाश भने सगरमाथा चढ्न सघाउने शेर्पा साथीहरुसँग भेट्न भनी निस्किएका थिए । उनको फेसबुक बन्द छ । तर केही दिनअघि एकैछिन फेसबुकमा झुल्किएका उनले माओवादी केन्द्रीय सदस्य कृष्ण केसीप्रति आक्रोस व्यक्त गरेका छन् ।
बिना शान्ति र संविधानका लागि भन्दै सगरमाथा आरोहण दलमा प्रकाशसँगै थिइन् । सगरमाथा आरोहणमा जानेक्रममा दुवैबीच हिमचिम बढेको थियो । आधार शिविरमा पुगेपछि एकाएक हराएका प्रकाश–बिनालाई सम्हालेर ल्याउन टोलीका अन्य सदस्यलाई कठीन भएको थियो ।
स्रोतका अनुसार सगरमाथा आरोहणका लागि बिनाले पहिल्यै नै निर्णय गरे पनि प्रकाश मानेका थिएनन् । बिनाले पछि कर गरेपछि प्रकाश पनि सगरमाथा चढ्ने निर्णयमा पुगेका थिए ।
काठमाडौं फर्किए पनि विनासँग नजिकिएपछि अध्यक्ष प्रचण्डले प्रकाशलाई पटक पटक सचेत गराएका थिए । तर प्रकाशले अन्य कुनै खालको सम्बन्ध नभएको प्रचण्डलाई बताउँदै आएका थिए । मगर पनि विवाहित हुन् । उनका पति शंकर अधिकारी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन् ।
प्रकाशले भने यसअघि नै दुईवटा विवाह गरेका थिए । माओवादी सचिव एवं पर्यटन मन्त्री पोस्टबहादुर बोगटीकी छोरी प्रभालाई छाडेर पोखराकी अर्की माओवादी कार्यकर्ता सिर्जना त्रिपाठीलाई उनले दोस्री श्रीमती बनाएका छन् ।
उनीबाट डेढ वर्षअघि छोरा जन्मिएको थियो ।
तपाईको प्रतिक्रिया