आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024
प्रसिद्ध हास्य व्यङ्ग्यकार भैरव अर्यालको नाममा स्थापित यस वर्षको भैरव पुरस्कार वरिष्ठ हास्य व्यङ्ग्यकार विमल निमालाई दिने निर्णय गरेको छ ।
गुठीका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा बसेको गुठीको बैठकले भैरव प्रतिभा पुरस्कार भने हास्य अभिनेत्री सविता गुरुङलाई दिने निर्णय गरेको गुठीका सदस्य विजय चालिसेले जानकारी दिनुभयो । ती पुरस्कारको राशि क्रमशः रु. ८५ हजार र रु.१५ हजार छ ।
ती पुरस्कार लागि प्रा.डा. माधवप्रसाद पोखरेल, सुधा त्रिपाठी र लक्ष्मण गाम्नागे रहेको मूल्याङ्कन समितिले सिफारिस गरेको थियो । पुरस्कार आगामी असोज १३ गते वितरण गरिनेछ  ।
तपाईको प्रतिक्रिया