आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानको सरकारी टेलिभिजन च्यानल एनएचकेले हत्या अभियोगमा लामो समय जेलजीवन बिताई हालै नेपाल फर्केका गोविन्दप्रसाद मैनालीको बारेमा गत हप्ता महत्वकासाथ प्रसारण गरेको करिव २५ मिनेट लामो बिशेष कार्यक्रम आज पुन: प्रसारण गर्ने भएको छ ।

उक्त कार्यक्रम एनएचकेले आज अपरान्ह १५:१५ बजे बाट पुन: प्रसारण गर्ने भएको हो । तोहोकु बाहेक जापानभरि हेर्न मिल्ने च्यानल नंबर १ एनएचके मार्फत उक्त कार्यक्रम पुन: प्रसारण हुने भएको हो ।

एनएचकेले मैनालीको हत्या अभियोग प्रकरण, उनको पारिवारिक पृष्ठभूमि, जापानको न्यायालय, प्रहरी प्रशासन, रिहाईका लागि मैनाली सहयोग समितिले पुर्‍याएको योगदानलगायतका बिषयवस्तुमा आधारित सामाग्री (डकुमेन्ट्री) प्रसारण गर्ने भएको हो ।

मैनाली नेपाल फर्केपछि पनि जापानका मिडियाहरुले उनको बारेमा तयार पारिएको सामाग्रीहरु महत्वकासाथ प्रसारण गर्दै आईरहेका छन् । ***

 

तपाईको प्रतिक्रिया