आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं  – नेपाली साहित्यलाई प्रवासमा पनि फैलाउँदै लैजाने उद्देश्यले अष्ट्रेलियाको सिड्नीमा अष्ट्रेलियाब्यापी कविता महोत्सव सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलियाको आयोजनामा भएको कविता महोत्सवमा यहाँ रहेर नेपाली साहित्यमा कलम चलाउँदै आएका नयाँ तथा पुराना साहित्यकारहरु सहभागिता रहेको थियो । करिब २ दर्जन कविताहरु प्रस्तुत गरिएको सम्मेलनमा यहाँबाट प्रकाशित पहिलो साहित्यिक पत्रिका मुहानको समेत बिमोचन गरिएको थियो । नेपाली साहित्यमा लागिपरेका नेपाली युवा युवतीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले दोस्रोपटक आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

सम्मेलनमा सुधाकिरण कडेलको मेची दुख्छ, महाकाली दुख्छ, तारानिधि भण्डारीको सँस्मरण र नारायण ढुङ्गेलको सँस्मरण शिर्षकको कविता क्रमशः प्रथम, द्दितिय र तृतिय भएको थियो । त्यसका साथै अन्य साहित्यकारहरुले पनि बिभिन्न शिर्षकमा कविता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अष्ट्रेलियाका महावाणिज्यदूत दीपक खडकाले नेपाली साहित्यको उत्थान र प्रवर्धनमा आफुले गर्न सक्ने सबै कार्य गर्न सहयोग पुरयाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । कर्यक्रममा हालै निधन भएका कवि कृष्णभुषण बललाई अर्पण सम्मान गर्दैएक मिनेट मौनधारण समेत गरिएको थियो । ***

तपाईको प्रतिक्रिया