टोकियो – जापानमा बस्ने नेपालीहरुको ब्यस्ततालाई ध्यानमा राख्दै नमस्ते ग्रुपले दैनिक उपभोग्य साद्य सामाग्रीहरुको होम डेलिभरी सेवा शुरु गरेको छ ।
अब जापानमा रहेका नेपालीहरुले आफुलाई आवश्यक पर्ने खाद्य पदार्थ घरमै बसीबसी मगाउन पाउने भएका छन् । यस ब्यवस्था अन्तर्गत ५ हजार येन वा सो भन्दा माथिको मूल्य बराबरको सामान खरिद गर्ने ग्राहकका लागि निःशुल्क होम डेलिभरी सेवाको ब्यवस्था रहेको नमस्तेका मार्केटिङ डाइरेक्टर हरि सिंखडाले जानकारी गराउनुभयो । न्यूनतम मूल्य, गुणस्तरिय सामान र भरपर्दो सेवालाई पहिलो प्राथमिकतामा राखिएको पनि सिंखडा बताउनुहुन्छ ।
नमस्ते ग्रुपले आफ्नो होम डेलिभरी सेवाबाट जापानको ब्यस्त एबं थकित दैनिकीमा पसलसम्म पुग्ने झन्झट र गह्रौं सामान बोकेर ओसारपसार गर्ने सास्तीबाट ग्राहकहरुलाई छुट्कारा दिलाउने दाबी गरेको छ । होम डेलिभरी सेवाबाट ग्राहकहरुको यथेष्ट समयको बचत हुनुकासाथै घरमै बसीबसी आफ्नो चाहनाअनुसारको सामान उपभोग गर्न पाउने सुबिधा प्राप्त गर्नेछन् ।
नमस्ते ग्रुपले आफ्नो होमपेज शपशारा डट कम www.shopshara.com मार्फत सामान र सामानको मूल्यसूची हेर्न एवं अर्डर गर्न सकिने पनि जनाएको छ । ***
थप जानकारीका लागिः https://samudrapari.com/shopshara