टोकियो – साईतामा केनको तोदा क्षेत्रमा रहेको एउटा पार्कमा एक जना नेपाली मृतक अवस्थामा फेला परेका छन् ।
उनी बागलुङ जिल्ला नरेठाँटी – ३ का योगेन्द्र गैरे भएको प्रहरीबाट थाहा भएको छ । ३ बर्ष अगाडि कुक भिसामा जापान आएका गैरे केही समयदेखि बेरोजगार अवस्थामा रहेको बुझिएको छ । उनी कामको खोजीमा फुकुओका, फुकुसीमा हुँदै साईतामा आईपुगेका थिए । घरबिदामा नेपाल गएका गैरे २ महिना अगाडि मात्र जापान फ़र्केका थिए ।
प्रहरीले उनको पहिचान गरेपछि नेपाली दूतावासमा जानकारी गराएको थाहा भएको छ । दूतावासकाअनुसार मृतक गैरेको शव नेपाल पठाउने तैयारी भईरहेको छ । उनको मृत्युबारे थप जानकारी पुष्टी हुन सकेको छैन ।
बेरोजगारी अवस्थामा रहेका गैरै अधिक मादक पदार्थ सेवन गर्ने कुलतमा फसेको चिनेजानेकाहरु बताउँछन् । उनको नेपालमा बाबा, आमा, श्रीमती र २ छोरा छन । ****
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, बैशाख ०७, २०६९
प्रकाशित समय: १८:३८:३४