-सुनिता पुडासैनी
म दुई छोरीसहित गोठाटारमा बस्छु । श्रीमान् बितिसक्नु भो । ड्राइभिङ काम गर्ने ज्ञानेन्द्र मेरा बहिनीज्वाइ हुन् । ज्ञानेन्द्रको जेठी श्रीमतीबाट बच्चा नजन्मिएपछि उनी पोइल गएकी रहिछन् । सन्तान पाउने लालसामा पाच वर्षअघि उनले मेरी बहिनी तारास“ग विवाह गरेका हुन् ।
ताराबाट पनि सन्तान नहुने छाट देखिएपछि उनीहरू धामीलाई हेराउनतिर लागे । उनीहरूले पछिल्लोपटक मामा पर्ने काभ्रेकै भवानीशङ्कर गौतमलाई हेराएका थिए । धामीले बोक्सी लागेकाले सन्तान नभएको भनिदिएछन् । ताराले सुरुमा हाम्रै दिदी बानेश्वर बस्ने सीता तिमल्सिनालाई बोक्सीको आरोप लगाएकी थिइन् ।
बिहीबार बिहान नौ बजेतिर मामा पर्ने दिलीपले तारालाई धामी चढ्यो भन्दै मलाई हेर्न बोलाए । सुरुमा त मैले पत्याइन । तैपनि, के भएको रहेछ भनी हेर्न ज्ञानेन्द्रको घरमा १० बजेतिर पुगे । त्यतिबेला तारा घरको बरन्डामा थिइन् । तर, केही बोलिनन् । एकछिनपछि उनी बर्बराउन लागिन् । मैले ‘बहिनी’ भनेर उनलाई बोलाए । तर, ताराले आफ्नो शरीरमा धामी
(मामा पर्ने) चढेको भन्दै आफुलाई बहिनी होइन, मामा भनी बोलाउन ओदश दिइन् । म अचम्ममा परे“ ।
दिउसो १२ बजेतिर ताराले बर्बराउदै ‘सिते’ (सीता तिमल्सिना) कुनै न कुनै रूप धारण गरी यहा आउछे, भनिन् । छक्क परेर मैले सोधे, ‘त्यस्तो पनि हुन सक्छ र <’ १२ बज्नै लाग्दा नुवाकोटकी बहिनी ढोलकुमारी पनि घरमा आइपुगिन् । उनलाई देख्नासाथ सितेको रूप यही हो भन्दै तारा झम्टिन पुगिन् । सगै रहेका ज्वाइ ज्ञानेन्द्रले ढोलकुमारीलाई समाते, दिलीपले पनि सघाए । हेर्दाहेर्दै ढोलकुमारीलाई उनीहरूले भुइमा पछारे । ज्ञानेन्द्रले थिचे ।
दिलीपले कहिले हसियाले त कहिले कोदालोले ढोलकुमारीलाई हिर्काउन लाग्यो । तारा बर्बराउदै थिइन् । अति भएपछि मैले उनीहरूलाई यस्तो काम रोक्न बिन्तीभाउ गरे । उनी मर्छिन् भनेर ज्ञानेन्द्र र दिलीपलाई पटक–पटक सम्झाए । तर, उनीहरूले आफ्नो कर्तुत छाडेनन् ।
घटना हेर्न नसकेर म आफै एकोहोरो हुन पुगे । बर्बराउदै गरेकी ताराले म एकोहोरो भएको देखेपछि किन एकोहोरिएको भनी सोधिन् । म केही बोल्न सकिन र मेरो अनुहारै नीलो भएछ । पछि तारा उफ्रिदै यसलाई पनि सीतेको प्रेत चढेछ भन्दै झम्टिन पुगिन् । सगै रहेका ज्ञानेन्द्र र दिलीप अब मतिर आइलागे । मलाई च्याप्प समातेर भुइमा पछारे । अनि हसियाले आखामा घोच्न लागे । शरीरमा पनि जथाभावी हिर्काए । चिच्याउन नदिएर मुख थुने । लछारपछार गर्दै शरीरभरि हसिया, खुर्पा, पन्यु र कोदालो बर्र्साए । घटनाबारे गाउका कसैले प्रहरीलाई खबर गरेका रहेछन् । मलाई आक्रमण भइरहदा प्रहरी आइपुगे र मलाई अस्पताल ल्याए । म त बाँचे, मेरी बहिनी ढोलकुमारीलाई कस्तो भयो होला ?