Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
टोकियो- जापानमा गतवर्ष गएको शक्तिशाली भूकम्प र सुनामी पश्चात् आत्महत्या गर्ने व्यक्तिको सङ्ख्यामा बढेको सरकारी अधिकारीहरूले जनाएका छन् ।
आत्महत्या गर्ने व्यक्तिको सङ्ख्या २० प्रतिशतले बढेको समाचारमा उल्लेख छ । सन् २०११ को  मे महिनामा तीन हजार  ३७५ व्यक्तिले आत्महत्या गरेको र  जुन सङ्ख्या यस अगाडिको वर्षको त्यही  महिनाको तुलनामा २० प्रतिशतले बढी भएको समाचारमा उल्लेख छ ।
सरकारी तथ्याङ्क अनुसार जापानमा सन् २०११ मा ३० हजार ६५० भन्दा बढीले आत्महत्या गरेका छन् ।विगत १४ वर्षदेखि लगातार वाषिर्क ३० हजारभन्दा बढीको दरले जापानमा आत्महत्या गरेको तथ्याङ्कले बताएको छ ।
गत मार्च महिनामा जापानमा गएको शक्तिशाली भूकम्प र सुनामीको कारण १९ हजार व्यक्तिको ज्यान गएको थियो । यस पश्चात्  समाजमा आएको  सङ्कटको कारण आत्महत्याको  सङ्ख्या बढेको सरकारी अनुमान छ ।
तपाईको प्रतिक्रिया