Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – जापान सरकारले बिदेशीहरुको लागि हालसम्म रहँदै आएको एलाइन रजिष्ट्रेशन कार्डको सट्टामा आवासीय कार्ड दिने ब्यवस्था गर्ने भएको छ । आगामी ९ जुलाई २०१२ देखि लागु गरिने नयाँ ब्यवस्थामा मध्यम तथा लामो अवधिको भिसामा पनि हेरेफेर हुने भएको छ ।

अध्यागमन नियन्त्रण कानुन तथा एलाइन रजिष्ट्रेशन कानुनको आधारमा सो नयाँ ब्यवस्था गर्न लागिएको हो । नयाँ ब्यवस्थाअनुसार बिशेषतः ४ वटा बूँदामा परिवर्तन आउनेछन् । जसअनुसार, नयाँ आवासीय कार्डको बितरण गरिनेछ, भिसाको अधिकतम अवधि हालको ३ बर्षबाट बढाएर ५ बर्ष पुर्‍याइने छ, पुनप्रबेश (रि–इन्ट्रि) को ब्यवस्थामा परिवर्तन हुनेछ र एलाइन रजिष्ट्रेशन कार्डको ब्यवस्थाको अन्त्य हुनेछ । यसरी नयाँ उपलब्ध गराइने आवासीय कार्ड साथमा लिएर हिड्नुपर्ने बताइएको छ । तर १६ बर्षमुनिका बिदेशी नागरिकहरुलाई भने आफ्नो आवासीय कार्ड साथमा बोकेर हिड्नु पर्ने बाध्यता हुने छैन । यस ब्यवस्थाअनुसार मध्यम तथा लामो अवधिको भिसामा ३ महिनाको र ५ बर्षगरी २ प्रकारको अवधि थप हुनेछ । ३ महिनाभन्दा कम अवधिको भिसा भएका अर्थात् छोटो अवधिको लागि जापान प्रबेश गरेका बिदेशी नागरिकहरुलाई भने नयाँ आवासीय कार्डको ब्यवस्था गरिने छैन । जापानको लागि स्थायी भिसा भएकाहरुले नयाँ ब्यवस्था लागु हुने मिति अर्थात् जुलाई २०१२ देखि ३ बर्षभित्रमा नयाँ आवासीय कार्डको लागि आवेदन दिनुपर्ने छ । नयाँ आवासीय कार्डको लागि यहि जनवरी १३ तारिखदेखि आवेदन लिन शुरु गरिसकिएको छ ।

के छ आवासीय कार्डमा ?

जापानमा रहने र भिसाको किसिममा परिवर्तन गर्न तथा अवधिको नबिकरण गर्ने अनुमति पाएका बिदेशी नागरिकहरुका लागि आवासीय कार्डको ब्यवस्था हुनेछ । यो कार्डमा एउटा आइसी चिप्स राखिएको हुन्छ जसमा सम्बन्धित ब्यक्तिको नाम, जन्म मिति, जापान प्रबेश मिति, भिसाको किसिम तथा अवधि आदि जस्ता ब्यक्तिगत बिवरणहरु रेकर्ड गरिएका हुन्छन् । जुन ब्यक्तिगत गोपनियताको हिसाबले अति सुरक्षित हुन्छ ।

रि–इन्ट्री भिसामा नयाँ ब्यवस्था

नयाँ आवासीय कार्डको ब्यवस्था सँगसँगै रि–इन्ट्री भिसामा पनि नयाँ ब्यवस्था गरिने भएको छ । जसअनुसार जापान बाहिर गएर १ बर्षभित्रमा पुनः प्रबेश गर्ने बिदेशी नागरिकहरुले रि–इन्ट्री भिसा लिइराख्नु नपर्ने भएको छ । साथै, यदि ३ बर्ष अवधिको भिसा भएका बिदेशी नागरिकहरुको रि–इन्ट्री भिसाको हकमा भने उसको भिसाको अवधिमा गराइने बढोत्तरीसँगै रि–इन्ट्री भिसाको अवधि पनि स्वतः बढाइने छ ।

भिसाको अवधिमा बृद्धि

स्थायी भिसा बाहेकका बिदेशी नागरिकहरुलाई हालसम्म अधिकतम ३ बर्षको भिसा दिने गरिएकोमा नयाँ ब्यवस्था लागु भएपछि अधिकतम ५ बर्षसम्मको भिसा उपलब्ध गराइने भएको छ । त्यस्तै बिद्यार्थीहरुको हकमा पनि हालसम्म बढिमा २ बर्ष ३ महिना अवधिको भिसा उपलब्ध गराउँदै आएकोमा नयाँ ब्यवस्था लागु भएपछि अधिकतम ४ बर्ष ३ महिनासम्मको भिसा उपलब्ध गराइने भएको छ । जसले गर्दा अध्ययन अवधिभर बिद्यार्थीहरुले भिसाको नबिकरणको झन्झट ब्यहोर्न नपर्ने भएको छ ।

आवासीय कार्ड नपाउने तथा रद्द हुने अवस्थाहरुः

(क) छलकपट तथा गलत काम गरी कार्बाहीको प्रक्रियामा रहेको भएमा ।

(ख) कसैको डिपेन्डेन्ट भिसामा रहेको ब्यक्तिले तोकिएको अवधि र क्षेत्रभन्दा बाहिर काम गरेको भेटिएमा ।

(ग) डिपेन्डेन्टको हकमा ६ महिनाभन्दा बढि सँगै नबसेको पत्ता लागेमा ।

(घ) जापान प्रबेश मितिले अथवा ठेगाना परिबर्तन भएको मितिले ९० दिनसम्म नयाँ ठेगानाको दर्ता नगराएमा ।

(ङ) नक्कली आवासीय कार्ड प्रयोग गरिएको भेटिएमा ।

(च) जेल सजाय तथा कुनै कानुनी कारबाही सुनाइएको ब्यक्ति भएमा ।

(छ) आवासीय कार्ड सम्बन्धि नियम कानुन मिचेर काम गरेको पाइएमा ।

 

पढ्नुहोस् नयाँ व्यवस्था सम्बन्धी विस्तृत जानकारी

 

नयाँ आवासीय कार्ड सम्बन्धि बिस्तृत जानकारीको लागि अध्यागमन बिभागको होमपेज http://www.immi-moj.go.jp/newimmiact_1/en/index.html पनि हेर्न सकिनेछ । साथै अध्यागमन बिभागको सूचना केन्द्रको फोन नं. ०५७०–०१३९०४ मा सम्पर्क गरेर पनि आवश्यक जानकारी प्राप्त गर्न सकिनेछ ।

(जापान अध्यागमन बिभागद्वारा प्रकाशित सामाग्रीमा आधारित)

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया