Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

सहयोगका लागि एकताबद्ध हुन आग्रह

टोकियो – हालै ओसाकामा जापानी आक्रमणकारीहरुद्वारा निर्मम हत्या गरिएका बिष्णु धमलाको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एनआरएन जापानले एक बिज्ञप्तीमार्फत् हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेको छ । बिज्ञप्तीमा शोकाकुल परिवाजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै हार्दिक समबेदना पनि प्रकट गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बिज्ञप्तीमा अगाडि भनिएको छ – “काठमाडौ घर भई ओसाका तेन्नोजीमा रेष्टुरेन्ट ब्यवसायमा संलग्न ४२ बर्षिय बिष्णु धमलाको गत सोमबार बिहान जापानी आक्रमणकारीहरुको सांघातिक हमलाबाट मृत्यु हुन गएकोमा दिबंगत आत्माको चिरशान्तीको कामनामा हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं, साथै पीडित परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामनासहित समवेदना ब्यक्त गर्दछौ ।

नेपाली व्यवसायी विष्णु धमलामाथि अमानबीय आक्रमणबाट भएको हत्याप्रति गैर आवासीय नेपाली संघ जापान परिवार गहिरो दुःख ब्यक्त गर्दछ । यस अघि पनि नेपाली बिद्यार्थी लापत्ता हुनु, नागोयामा थापा दम्पति बन्धक बनाईनु जस्ता घटनाहरुप्रति सम्बन्धित निकायको ध्यानकर्षण गराउन चाहान्छौं । हत्याराहरुलाई कडा कारवाही गर्न जोडदार माग गर्दै यस्तो परिस्थितिमा धमला परिवारको सहयोगका लागि जापानवासी नेपालीहरु एकताबद्ध भएर आ–आफ्नो ठाउँबाट भूमिका निर्बाह गर्न समेत आग्रह गर्दछौं । उक्त घटनामा सहयोगी भूमिका निर्बाह गर्न सुरुदेखि नै खट्नुभएका एनआरएन आइसीसीका प्रमुख संरक्षक देवमान हिराचन, केन्द्रिय सदस्य तुल्सीराम खरेल, ओसाका संयोजक नारायण स्टेवेन्स, नवराज भट्टराई, आत्माराम कँडेल, हरि ढकाल लगायत उद्धार कार्यमा संलग्न सबैलाई एनआरएन जापान हार्दिक आभार व्यक्त गर्दछ ।”

एनआरएन जापानका तर्फबाट अध्यक्ष ओम गुरुङ र महासचिव डा. राजेन्द्र पराजुलीद्वारा जारी गरिएको बिज्ञप्तीमा अगाडि भनिएको छ – “घटनाका सम्बन्धमा शुरुदेखि नै नेपालबाट समन्वय गरिरहनुभएका बीरेन्द्र पाठकलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछौ । यो घटनामा समयमै सहि सूचना सम्प्रेषण गर्ने भूमिका खेल्नुहुने पत्रकार बर्गप्रति हार्दिक आभार व्यक्त गर्दछौ । साथै घटनामा सहयोगार्थ जापानका लागि महामहिम नेपाली राजदूत डा. मदनकुमार भट्टराई एवम् राजदूतास परिवारले देखाएको सक्रियताको लागि समेत हार्दिक आभार व्यक्त गर्दै आवश्यक कूटनैतिक पहलका लागि हार्दिक अनुरोध गर्नुका साथै आगामी दिनहरुमा पनि सहकार्य र समन्वयको अपेक्षा गरेका छौं” – बिज्ञप्तीमा भनिएको छ ।

तपाईको प्रतिक्रिया