Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025

 

टोकियो – गत सोमबार बिहान जापानी समूहद्वारा एक नेपाली नागरिक बिष्णु धमलाको ओसाकामा भएको निर्मम हत्याको नेपाली बिद्यार्थी समाज जापान (नेसाज) ले कडा शब्दमा बिरोध जनाउनुका साथै घोर भत्सर्ना गरेको छ ।

नेसाजका तर्फबाट अध्यक्ष बिमल अधिकारी र सचिव कृष्ण भेटवालद्वारा जारी गरिएको बिज्ञप्तीमा, उक्त हत्याको बिरोध गरिनुका साथै हत्यामा संलग्न दोषीमाथि हदैसम्मको कार्वाहीको माग गरिएको छ ।

बिज्ञप्तीमा अगाडि भनिएको छ – ओसाकामा होटल ब्यबसाय सञ्चालन गर्दै आएका नेपाली नागरिक बिष्णु धमलाको दुइ दिन अघि बिहान करिव ४ बजे तिर घर फ़र्कनेक्रममा चार जनाको समूहमा आएका जापानी आक्रमणकारीले अमानवीय तवरले कुटीकुटी गरिएको हत्याको हामी घोर भत्सर्ना गर्दछौं । साथै यस घटनामा संलग्न सम्पूर्ण दोषीउपर कडा भन्दा कडा कारवाहीको जोड्दार माग गर्दछौं ।

यस बिषम परिस्थितिमा सहयोगका लागी सम्पूर्ण जापानबासी नेपालीहरु एकताबद्ध भएर आ-आफ्नो ठाउँबाट सक्दो सहयोगी भूमिका निबार्ह गरी मृतकको पक्षमा न्यायको लागि पहल गर्नसमेत हार्दिक अनुरोध समेत गर्दछौं ।  साथै मृतात्माको चिरशान्तिको कामना गर्दै यस प्रकारका घटनाहरुबाट सजग रहन सम्पूर्ण जापानबासी नेपालीहरुमा नेसाज परिवार हार्दिक अनुरोध गर्दछ ।

साथै यस घटनाको सत्यतथ्य अगाडि ल्याउन लागिपरेका समस्त कान्साईबासी नेपालीहरुको पहलकदमीप्रति ऐक्यबद्दता जाहेर गर्दै मानवीय तवरले हरेक किसिमका सहयोग गर्न नेसाज परिवार तत्पर रहेको जानकारी गराउन चाहन्छौं- बिज्ञप्तीमा जनाईएको छ । ***

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया