Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025

टोकियो – सोमबार बिहान ४ बजे ओसाकामा रहस्यमय ढंगबाट हत्या भएका बिष्णु धमलाको लास नेपाल पठाईने भएको छ ।

आइतबार राती माघेसंक्रान्ति मान्ने क्रममा अबेरसम्म रेष्टुरेन्टमै खाईपिई गरी बिहानको ४ बजेतिर कोठामा फ़र्कनेक्रममा उनीमाथि ४ जनाको समूहले आक्रमण गरी धमलाको हत्या गरेका थिए ।

ओसाकाको तेन्नोजी सिटीको मात्सुजाकी चो मा पर्ने नेपाली भान्साघर नामको रेष्टुरेन्टका मालिक धमलालाई आक्रमणकारीहरुले पछाडिबाट अन्धाधुन्ध कुटपिट गरी हत्या गरेका थिए । प्रहरीले धमलाको लासलाई आजदेखि आफन्तको जिम्मा लगाएको ओसाकाबाट हाम्रा सहकर्मी तुल्सीराम खरेलले बताएका छन् । स्व. धमलाकी जापानी पत्नी र उनका भाञ्जाले लास जिम्मा लिई नेपाल लैजाने भएका हुन् ।

उनको लास नेपाल पुर्‍याउने लगायतका आपतकालिन कार्यमा राहत होस् भन्ने हेतुले कान्साईबासी नेपालीहरुले करिव २ लाख २५ हजार येन आर्थिक सहयोग पनि जुटाई हस्तान्तरण गरेका छन् ।

धमलाको रहस्यमय हत्याको कारण भने अझै पुष्टि हुन सकेको छैन । अपरिचित जापानीहरुले रातको बेला बिनाकारण किन र कसरी धमलाको ज्यानै लिने सम्मको हर्कत गरे भन्ने रहस्यको पोको भने अझै खुल्न सकेको छैन । धमलाको हत्याको बिरोधमा उत्रेका यहाँका नेपालीहरुले सबै हत्यारालाई पत्ता लगाई हदैसम्मको कार्वाही गरिनुपर्ने माग गर्दै आईरहेका छन् ।

शान्ति सुरक्षाको दृष्टिले संसारमै कहलिएको देश जापानमा सानोतिनो आफ्नै ब्यवसाय चलाएर बसेका धमलालाई ज्यानै लिनेसम्मको घटना हुनुमा कुनै न कुनै कारण हुनुपर्छ भन्ने अड्कल लगाउनु अस्वभाविक मान्न सकिन्न । जापानजस्तो मुलुकमा यसको उचित छानबिन र अनुसन्धान होला नहोला त्यो भने हेर्न बाँकी छ तर सत्य र न्यायको पक्षमा आवाज बुलन्द गरेर फेरि एक पटक नेपाली एकताको प्रदर्शन गर्ने बेला भने अवश्य आएको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया