Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

ब्रुनाई – अफगानिस्तानको युद्ध मैदानमा वीरगति प्राप्त गरेका स्व. विजय राईको सम्झनामा आज १४ जनवरी साँझ सेरिया, ब्रुनाईमा भब्य बिजय नाइट हुँदैछ ।

उक्त कार्यक्रमको लागि नेपालका सर्वाधिक लोकप्रिय गायक राजेश पायल राईको मुख्य प्रस्तुति रहने छ । स्व. विजयको बारेमा निर्मित डकुमेन्ट्री पनि प्रर्दशन गरिने छ, बृटिस गोर्खाका चर्चित कलाकारहरु लिम्बु नयन, किसन राई, प्रकास राई लगायतको पनि प्रस्तुती रहनेछ भने ब्रुनाईका हिपहप डान्सहरु लगायत, स्व. विजय राईका नम्बरीहरुको पनि प्रस्तुती एवम् सहभागिता रहनेछ । कार्यक्रमको बीचमा साहित्यकार आनन्द रानोहोछाद्धारा लिखित मनोवाद मुक्तक संग्रहको पनि विमोचन हुनेछ ।

सम्पन्न मुलुक ब्रुनाईको सबैभन्दा नयाँ र दक्षिण एशियाकै सुविधा सम्पन्न मध्येको एक हलमा सम्पन्न हुन लागिरहेको यस कार्यक्रमलाई राजेस पायल राई डटकम, नेपालीसमाचार डटकम लगायत आधादर्जन वेवसाइटबाट लाइभ प्रसारण पनि हुने कुरा आयोजक मिलन चाम्स, जितेन्द्र चेम्जोङ र किसन राईले बताएका छन् ।

बहूसाँस्कतिक हामी नेपालीहरुमध्येको एक किरातहरुको नयाँ बर्ष ३७९१ को इभको अवसरमा सम्पन्न हुने कार्यक्रमको लागि सबैलाई निमन्त्रणा गरिएको छ । कार्यक्रमबाट प्राप्त हुने रकमले स्व. विजयको सम्झना हुने कार्य गर्ने कुरा आयोजकले बताए छन् ।

तपाईको प्रतिक्रिया