टोकियो – कुक पेसा हुँदै आफ्नै ब्यवसायिक यात्रा शुरु गरेका भरतपूर चितवनका मिनप्रसाद खरेलले स्थापना गरेको रेष्टुरेन्ट हो ‘सान्जी’ । रोजगारीको क्रममा भारतमा गई त्यहाँको अनुभब बटुल्दै जापान छिरेका श्री खरेल यहाँ आएर पनि करिब ७ बर्ष जति रेष्टुरेन्टमा काम गरेपछि उक्त अनुभबलाई उपयोग गर्दै ५ बर्ष अघिदेखि आफ्नै ब्यवसाय शुरु गरेको बताउँछन् । श्री खरेलको हाल कुमामोतो र गुन्माकेनमा गरी ४ वटा रेष्टुरेन्ट छन् ।
आरुश इन्टरनेशनल कम्पनी लिमिटेड अन्तर्गत रहेका ती रेष्टुरेन्टहरु सन्तोषजनकरुपमै चलिरहेको सञ्चालक श्री खरेलकी धर्मपत्नी शर्मिला खरेलले कुराकानीको क्रममा बताउनुभयो । सान्जी रेष्टुरेन्टमा कार्यरत धेरैजसो कुकहरु इण्डियामा कुकको अनुभब लिएर आएका र इण्डियन खानामा राम्रो दखल राख्ने भएकोले त्यहाँ नेपाली खाना नभै इण्डियन खाना मात्र पाइने श्रीमती खरेलले बताउनुभयो ।
उहाँको रेष्टुरेन्टमा बिशेषगरी जापानी, अमेरिकन तथा इण्डियन पाहुनाहरु बढी आउने गरेको पाईन्छ । नेपाली भएर पनि इण्डियन खानाहरु मात्र उपलब्ध गराउने गरेकोमा केही पाहुनाहरुले पनि जिज्ञासा राख्ने गरेको बताउँदै श्रीमती खरेलले इण्डियन खानामा राम्रो अनुभब भएको र यसको माग पनि बढी भएकोले आफूहरुले इण्डियन खानालाई प्राथमिकता दिएको बताउनुभयो ।
सान्जी रेष्टुरेन्टको पूरा ठेगानाः
कुमामोतो केन कुमामोतो
सि मुसासिगाओका ७–४–९,
सम्पर्क फोनः ०९६–३३८–३८७७