सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
चितवन- तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको निधनपछि प्रर्दशनमा उत्रिएका नेपाली काँग्रेसको भ्रातृ संगठनका कार्यकर्ताले चितवनको भरतपुर बिमानस्थलमा तोडफोड गरेका छन् । प्रदर्शनकारीले बिमानस्थलमा प्रबेश गर्ने मुख्य ढोका र झ्यालका केही सिसा फोरेको जिल्ला प्रहरीले कार्यलय चितवनले जनाएको छ ।
प्रदर्शनकारीले बिमानस्थल भित्रै प्रबेश गरेर तोडफोड थाले पछि बुद्ध एयरको एउटा उडान समेत स्थगित भएको बुद्ध एयरका भरतपुर स्टेशन म्यानेजर भक्त श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै बन्दकर्ताले आज सप्तगण्डकी बहुमुखी क्याम्पसमा पनि तोडफोड गरेका छन् ।
तपाईको प्रतिक्रिया