सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
सिरहा– वन तथा भूसंरक्षण राज्यमन्त्री लक्ष्मण महतोको सत्कार गर्न नसक्दा सिरहाका जिल्ला वन अधिकृत जयमंगल प्रसाद गुप्ता कारबाहीमा परेका छन् ।
राज्य मन्त्री महतोको निर्देशनमा वन मन्त्रालयले गुप्तालाई कारवाही स्वरुप विभागमा तानेको छ । स्रोतका अनुसार वन राज्य मन्त्री गत विहीबार गृह जिल्ला सिरहा आउनुभएको थियो । जिल्ला आउँदा आफ्नो भ्रमणको चाँजोपाँजो मिलाउन र सत्कार गर्न गुप्तालाई निर्देशन दिएको थियो । तर, जिल्लामा गुप्तालाई नभेटेपछि राज्यमन्त्री महतो आक्रोशित हुनुभएको थियो ।
राज्यमन्त्री महतोले वनमन्त्रालयमा फोन गरि गुप्तालाई २ घण्टाभित्र कारवाही गर्न अल्टिमेटम दिएको बताइएको छ । त्यस्तै,वनमन्त्रालय स्रोतले भने राज्यमन्त्री र उहाँका स्वकीय सचिवले वन अधिकृत गुप्तासँग पैसा मागेको र पैसा नदिएपछि उहाँको सरुवा गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया