शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024
चितवन- चितवनको जिल्ला कारागार भरतपुरमा पुर्पक्षका लागि थुनामा रहेका वन्दीमाथि भएको आक्रमणको बिरोधमा नेपाल तरुण दल चितवनले आहृवान गरेको अनिश्चितकालीन  चितवन बन्द बुधबार पनि जारी रहेको छ ।
बन्दका कारण बुधबार पनि  चितवनका राजमार्गहरुमा सवारी साधन गुडेका छैनन भने बजार पसल, विद्यालय क्याम्पस पनि खेल्न सकेका छैनन् । चितवन कारागारमा रहेका अर्को समुहका बन्दी एबं कैदीहरुले सुतिरहेको समयमा तरुण दल चितवनका अध्यक्ष शिब पौडेलसहित पाँच जनालाई सांघतिक आक्रमण गरेका थिए । आक्रमणमा परि हरी गुरुङ, गोपी परियार, प्रदीप भट्ट र बद्री ढुङगाना गम्भीर घाइते भएका छन् ।
कलेज अफ मेडिकल साइसेन्स भरतपुरमा उपचार गराइरहेका उनीहरुमध्ये पौडेलको अबस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
तपाईको प्रतिक्रिया