Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- एकीकृत नेकपा (माओवादी)को शनिबारबाट सुरु हुने भनिएको केन्द्रीय समितिको बैठक पुस ८ गतेसम्मका लागि स्थगित भएको छ ।
एकीकृत नेकपा (माओवादी)का कार्यालय सचिव तथा पोलिटब्यूरो सदस्य शक्ति बस्नेतका अनुसार पार्टीका पदाधिकारीहरू शान्ति तथा संविधान निर्माण प्रक्रियामा लाग्नुपर्ने भएकाले बैठक स्थगित गरिएको हो । सदस्य बस्नेतले भन्नुभयो- ‘पार्टीभित्र देखिएका विवादलाई आन्तरिक रूपमा हल गर्ने र त्यसपछि मात्रै बैठक बस्ने पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यसँग सहमति भएपछि बैठक स्थगित गरिएको हो ।’
एनेकपा (माओवादी) भित्र पछिल्लो समयमा राजनीतिक दलहरूबीचमा गत कात्तिक १५ गते भएको सहमति, भारतसँग भएको बिपा सम्झौतालगायत १३ वटा विषयमा पार्टीकै उपाध्यक्ष मोहन वैद्य समूहले विरोध गरिरहेको छ । पार्टीभित्र र बाहिर दुवैतिर देखिएका समस्यालाई एकमुष्ट रूपमा हल खोज्नका लागि छलफल भइरहेकाले बैठक स्थगित गरिएको बस्नेतले बताउनुभयो ।
वैद्य पक्ष र संस्थापन पक्षबीच विवाद बढ्दै गएपछि बैठक सारिएपनि आफ्ना मुद्दा कायमै रहेको वैद्य पक्षले जनाएको छ । वैद्य पक्ष पार्टी फुटाउने स्थितिमा पुगेको छ ।
तपाईको प्रतिक्रिया