शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024
भक्तपुर– पुनराबेदन अदालत पाटनको आदेशपछि बागमती नदि किनारामा बागमती सभ्यता एकीकृत विकास समितिले सोमबारदेखि बागमती किनारमा रहेका सुकुम्वासीका घरटहरा भत्काउन सुरु गरिने भनिएको कार्य प्रभावित भएको छ ।
अदालतले बागमती किनारमा रहेका सुकुम्वासीका घरटहरा भत्काउने कार्य तत्कालका लागि मसिर २५ गते सम्म रोक्न आइतबार अन्तरिम आदेश दिएको थियो । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितीले अबैध रुपले जग्गा कब्जा गरि घरटहरा बनाइएको सुकुम्वासीलाई सोमबारदेखि बस्ती छाड्न र नछाडेमा मंगलबारदेखि जग्गा खाली गराउने चेतावनी दिएको थियो
समितिका प्रमुख महेशबहादुर बस्नेतले प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकले गरेको सहमति बमोजिम आफूहरु कार्यान्वयनमा जाने बताउनुभएको छ  । दलहरुबीच बागमती किनारको अतिक्रमित सार्बजनिक जग्गा तत्काल खाली गर्ने सहमति भएको थियो ।
यता, अखिल नेपाल सुकुम्वासी सङ्घका अध्यक्ष दिपक राईले विकल्प दिएर शान्ति पुर्ण तरिकाले ब्यबस्थापन गर्न अनुारेध गर्दा  सरकारले बलजफ्ती गर्छ भने त्यसको प्रतिकार गरेरै छाड्ने चेतावनी दिनु भएको छ ।
तपाईको प्रतिक्रिया