शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले सोमबारदेखि हप्ताको ४० घण्टा लोडसेडिङ सुरु गरेको छ ।
प्राधिकरणले सोमबारदेखि दिनको दुई पटकका दरले हप्तामा ४० घण्टा लोडसेडिङ गर्ने जानकारी दिएको हो । नयाँ तालिका अनुसार हप्तामा ५ दिन ६-६ घण्टा र २ दिन ५-५ घण्टा लोडसेडिङ हुने छ ।
मर्स्याङ्दी जल विद्युत् केन्द्रमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले र नदीहरुमा पानीको बहाव पनि घटेकाले विद्युत् उत्पादन कम भएको भन्दै लोडसेडिङ्गको समय बढाउनु परेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले ४० देखि ५० प्रतिशत विद्युत चुहावट हुने ठाउँमा तालिकाभन्दा २ घण्टा बढी र ५० प्रतिशत भन्दा बढी चुहावट हुने फिडरमा दैनिक ३ घण्टा बढी लोडसेडिङ गर्ने छ ।
यस्तै हेटौंडा बीरगञ्ज ६६ केभी औद्योगिक फिडरहरुमा दिउँसो १२ बजेदेखि बेलुकी ६ बजेसम्म, ११ केभी र ३३ केभीबाट विद्युत सप्लाई भएका औद्योगिक फिडरमा राति १० बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म लोडसेडिङ हुने छ ।
तपाईको प्रतिक्रिया