शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024
काठमाडौं- भारतमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पहिलो जित हात दर्ता गरेको छ ।
आइतबार बंगलादेशलाई १ गोलले पराजित गर्दै अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाएको छ । नेपालका लागि कप्तान सागर थापाले खेलको अन्तिम मिनेटमा गोल गर्दै नेपाललाई ऐतिहासिक जित दिलाए ।
प्रतियोगिताका अघिल्ला संस्करणमा नेपालले बंगलादेशसँग पराजय बेहोर्दै आएको थियो । खेल नयाँदिल्लीस्थित जवहारलाल नेहरु रंगशालामा भएको  थियो । जितसँगै नेपालले ३ अंक हात पारेको छ ।
यसअघि भएको नेपालको पहिलो खेल माल्दिभ्ससँग १-१ गोलको बराबरीमा टुंगिएको थियो ।
तपाईको प्रतिक्रिया