काठमाडौं- महानगरीय प्रहरी वृत्त ठिमी दरबन्दी भई सामुदायिक प्रहरी सेवा बुढानीलकण्ठमा कार्यरत प्रहरी हवल्दार शंकर बहादुर लम्सालद्वारा मंसीर ४ गते प्रारम्भ गरिएको २५ घण्टासम्म खुट्टा नटेकी अटूट मोटरसाइकल यात्रा सम्पन्न भएको छ ।
मंसीर ४ गते प्रारम्भ भएको मोटरसाइकल यात्रा धादिङ, चितवन, मकवानपुर, नवलपरासी तथा रुपन्देही जिल्ला लगायतका राजमार्गमा यात्रा गर्दै आफ्नो २५ घण्टाको अटूट यात्रा चितवनमा पुगेर समाप्त भएको थियो ।
यो यात्रालाई विश्व रेकर्डमा दर्ता हुने दावी गरिएको छ ।