Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025
पाँचथर–कक्षाकोठामै  विद्यार्थीले ‘पोर्न भिडियो’ हेर्न थालेपछि पाँचथरको एक विद्यालयले मोबाइलमा प्रतिबन्ध लगाएको छ ।
लुम्फाबुङ– १ स्थित लुम्फाबुङ माध्यमिक विद्यालयले मोबाइल बोक्न प्रतिबन्ध लगाएको प्रधानाध्यापक घनश्याम आङदेङ्वेले जानकारी दिए । कक्षाकोठामै ‘पोर्न भिडियो’ हेर्न थालेको, हेड फोन लगाएर गीत सुन्ने, फोनमा कुरा गर्ने, एसएमएस गर्न थालेपछि मोबाइल प्रतिबन्ध लगाउन बाल क्लवले आग्रह गरेको थियो ।
मोबाइल प्रतिबन्ध लगाएपछि आफ्नो पढाइ पनि राम्रो भएको १० कक्षामा अध्ययनरत सीता अधिकारीले बताइन् ।
बाल क्लवका अध्यक्ष प्रदीप खनालले पढिरहेकाबेला विद्यार्थीहरुको ध्यान मोबाइलमा मात्रै पाइएकाले प्रतिबन्ध लगाउन विद्यालयलाई आग्रह गरिएको जानकारी दिए ।
उनकाअनुसार अबदेखि विद्यार्थीमात्र होइन शिक्षकले पनि कक्षाकोठामा मोबाइल बोक्न नपाउने आचारसंहिता बनाइएको छ । ‘कक्षा कोठामा आएपछि शिक्षकले मोबाइल स्विच अफ गर्नैपर्छ,’ उनले भने ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया