Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं– ‘सहनुको पनि सीमा हुन्छ’ भन्दै आएको बरिष्ठ उपाध्यक्ष मोहन वैद्य ँकिरण’ समूहले पार्टी फुटाउने योजनासहित शनिबार राजधानीमा छुट्टै भेला गरेको छ ।

स्रोतका अनुसार भेलामा वैद्य पक्षका पदाधिकारी, स्थायी, पोलिट्ब्युरो, केन्द्रीय सदस्य, सभासद्, राज्य समितिका सदस्य, जिल्ला समितिका पदाधिकारी तथा सदस्य एवं जनवर्गीय संगठनका पदाधिकारी एवं सदस्यलाई बोलाइएको थियो ।
स्रोत भन्छ- भेलामा उपाध्यक्ष वैद्य र महासचिव रामबहादुर थापा ‘बादल’ले पार्टी फुटाउँदाको स्थितिबारे छलफल गरेका थिए । भेलामा सहभागीका लागि बेग्लै पोशाकसमेत तयार पारिए पनि सहभागी सादा पोशाकमा नै देखिएका थिए । पोशाक रातो रंगको थियो ।
वैद्य पक्षको भेला भइरहँदा माओवादी अध्यक्ष प्रचण्ड भने पार्टी एकता कार्यक्रममा सहभागी भइरहेका थिए । ***
तपाईको प्रतिक्रिया