- तत्कालिन काठमाडौं महानगरपालिकाका प्रमुख आनन्दराज पोखरेललाई दुर्व्यवहार
- पत्रकारलाई ज्यान मार्ने धम्की
- प्रधानमन्त्रीले जगेडामा राखेकै बेला गृहमन्त्रीलाई प्रभावमा पारेर गृह मन्त्रालयमा सरुवा
- महानगर प्रमुखबाट हटेपछि पनि प्रमुख दलका नेतालाई लिएर ईक्वेडर प्रस्थान
काठमाडौं– सहसचिव स्तरका काठमाडौं महानगरपालिकाका हटाइएका कार्यकारी अधिकृत गणेश राईका कर्तुत हुन् यी ।
तत्कालिन काठमाडौं महानगरपालिकाका प्रमुख आनन्दराज पोखरेललाई दुर्व्यवहार गरेर चर्चामा आएका यीनलाई सरकारले सोही पदको उपहार थियो । काठमाडौं महानगरपालिका बीटमा लामो समयदेखि पत्रकारिता गरेका एक पत्रकारले समुद्रपारिसित भने– ‘यस्ता सरकारी अधिकारी मैले देखेको थिइनँ ।’
पत्रकारलाई मार्ने धम्की दिने, काठमाडौंको दलीय संयन्त्र (जसमा माओवादी, एमाले, कांग्रेसहित एक दर्जन दलका प्रतिनिधि छन्)लाई नै आफ्नो प्रभावमा पारेको खबरपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनलाई हटाएर जगेडामा पठाएका थिए । तर प्रधानमन्त्रीलाई छल्दै उनी गृहमन्त्री विजयकुमार गच्छदारलाई प्रभावमा पार्दै गृहमा गएछन् ।
प्रधानमन्त्रीले राईका विषयमा पत्रकारसँग भने– ‘राई त साह्रै जब्बर मान्छे पो रहेछन्, उल्टै महानगरको प्रमुखको हैसियमा विदेश गएछन्, कत्रो हिम्मत ?’ उनले राईको भ्रमण टोलीमा आफ्नै पार्टीका मान्छे पनि गएकोमा रिसाए ।
राईले एक साताअघि नागरिक दैनिकका महानगर बीट हेर्ने पत्रकार अर्जुन सुवेदीलाई ज्यान मार्ने धम्की दिएका थिए । ‘जति लेख्छस् लेख ! मैले महानगर छाडेकै दिन तँलाई पनि सिध्याइदिनेछु,’ उनको भनाइ उद्यृत गर्दै सुवेदीले भने ।