काठमाडौं- वर्तमान मन्त्रिपरिषदका सदस्यहरुसँग झण्डै सात सय पैंसठ्ठी तोला सुन भएको विवरण सार्वजनिक भएको छ ।
४९ सदस्यीय मन्त्रिपरिषदका २१ जनाले मात्र सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबारसम्म प्रधानमन्त्री, २० मन्त्री र एक राज्यमन्त्री सरोजकुमार यादवको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
सम्पत्ति विवरण सार्वजनिक गरेका मध्ये प्रधानमन्त्री डा. बाबुराम भट्टराई, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृतिमन्त्री गोपाल किराँती, युवा तथा खेलकुदमन्त्री कमला रोका, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र विभाविभागीय मन्त्री राजलाल यादवले आफूसँग सुन नभएको विवरणमा उल्लेख गरेका छन् ।