Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२४ पुगेको छ। मृत्यु हुनेमा ५४ पुरुष र ५७ महिला भएको बीबीसीले जानकारी दिएको छ। त्यस्तै १३ जनाको शवको पहिचान अझै हुन सकेको छैन। उक्त दुर्घटनास्थलमा उद्धार र राहत कार्यका लागि ४९० दमकलकर्मी, ४५५ प्रहरी अधिकारीसहित १,५६२ जना खटिएका छन्।

दुर्घटना मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। जेजु एयरको यो विमान बैंककबाट फर्कने क्रममा अवतरणका बेला दुर्घटनामा परेको थियो। विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्यसहित १८१ जना सवार थिए।

दमकल विभागका अधिकारीहरूका अनुसार दुई व्यक्तिलाई जीवितै उद्धार गरिएको छ। योनहाप समाचार एजेन्सीले दिएको विवरणअनुसार विमानका अधिकांश यात्रु दक्षिण कोरियाका थिए भने दुईजना थाइल्याण्डका नागरिक थिए। उक्त घटनाले ठूलो जनधनको क्षति गराएको छ।घटना स्थलमा उद्धार टोलीहरू व्यापक खोज तथा राहत कार्यमा संलग्न छन्।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया