मोरङ-दलितसंग बिहे गरेको भन्दै आफूलाई घरपरिवारबाट मानसिक र शारीरिक तनाव दिदै हत्यासम्मको धम्कि आएको भन्दै बेलबारी-२ को भेषराज बस्नेतले ज्यानको सुरक्षा गरिदिन प्रहरीमा उजुरी दिएका छन् ।
बेलबारी घर भएका १९ वर्षीय बस्नेतले एक बर्ष अघि लेटाङ-१ रामकुमारी बिश्वकर्मासंग झापाको कनकाई धाम धार्मिक विकाश सस्था कोटीहोममा औपचारिक रुपमा बिबाह गरेका थिए । कोटिहोमले बिबाहको प्रमाणपत्र समेत दिएका छन् । बिबाह गरेपछि घरपरिवारले पटक-पटक आफूलाई अपहरण शैलीमा श्रीमतीसंग छुटाएपनि बिश्वकर्मालाई नछाडेको भेषराज बस्नेतले बताउनुभयो । श्रीमतीसंग दर्जनौ पटक छुटाएपनि भेटेर फेरी संगै बस्दै आएको पीडित बस्नेतले बताउनुभयो ।
पछिल्लो पटक ६ महिना नारायणघाट बसेर आउँदा दाई र बाबुले फोन मार्फत केटी नछाडे हत्यासम्म गर्ने धम्कि दिने गरेको बताउँदै इलाका प्रहरी कार्यालयमा बस्नेतले दुबैजनाको ज्यानको सुरक्षा गरिदिन इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएका छन् । रामकुमारी विश्वकर्माबाट छुटाउन पहाड भोजपुर लगेर अर्की एक महिलालाई समेत आफूसंग जबरजस्ती बिबाह गराइदिएको समेत भेषराज बस्नेतले जानकारी दिनुभयो ।