मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024
काठमाडौं— मुख्य चार राजनीतिक शक्तिले शान्ति र संविधान लेखन प्रकृयालाई निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता दोहोर्‍याएका छन । राष्ट्रपति डा. रामवरण यादवसँग शनिबार बिहान भएको संयुक्त भेटमा उनीहरुले शान्ति र संविधान निर्माणको काम निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता जनाएका हुन ।
राष्ट्रपतिले संविधानसभाको म्याद सकिन लागेको, शान्ति र संविधानको काम पुरा नभएको र विभिन्न सहमतिको कार्यान्वयनका विषयमा जिज्ञासा राख्नु भएको थियो । शीर्ष नेताहरुले संविधान सभाको म्याद ६ महिना थप्नेमा दुईमत नभएको र त्यसको विकल्प समेत नभएको बताएको फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिनुभयो । उहाँले कात्तिक १५ गते र हिजो भएका सहमतिले शान्ति र संविधानलाई अगाडी बढाउन सहज भएको आफूहरुले राष्ट्रपतिलाई प्रष्ट पारेको बताउनुभयो ।
राष्ट्रपतिलाई भेट्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति सुशील कोईराला, नेकपा एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाको तर्फबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष  गच्छदार शनिबार बिहान शितल निवास पुगेका थिए ।
तपाईको प्रतिक्रिया