मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024
काठमाडौं- समाजसेवाका लागि भन्दै एक वर्षअघि स्थापना भएको हिमानी ट्रष्टले एक सातापछि डान्स पार्टी गर्ने भएको छ ।
पूर्व युवराज्ञी हिमानी शाह अध्यक्ष रहेको ट्रष्टले राजधानीका युवायुवतीहरुलाई लक्षित गरेर डान्स पार्टी आयोजना गर्ने भएको हो । डान्स पार्टीमा पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमल समेत सहभागी हुने ट्रष्टले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
मंसिर १० गते शनिवार होटल सोल्टीमा सामाजिक कार्यको लागि राशी संकलन गर्ने उदेश्यले नै डान्स पार्टी गर्न लागिएको ट्रष्टले जनाएको छ । मेगा महल हलमा आयोजना हुने डान्स पार्टीको लागि करिव ३ सय टिकट विक्री हुनेछन् र डान्स पार्टीमा रातो वा कालो पोसाक मात्रै लगाउन पाइने छ ।
नेपालका प्रसिद्ध व्याण्डहरुले प्रत्यक्ष प्रदर्शन समेत गर्ने डान्स पार्टीमा सहभागी हुन एक्लैले ५ हजार रुपैयाँ र जोडीले ७ हजार रुपैयाँको टिकट लिनु पर्ने छ । ट्रष्टले जोडीका लागि महिला पुरुष हुनु नपर्ने भन्दै पुरुष पुरुषलाई पनि जोडीको रुपमा स्वीकार गर्ने भएको छ ।
साँझ साढे ६ बजेदेखि मध्यरातसम्म आयोजना हुने डान्स पार्टीमा डिनर समेत उपलव्ध हुने ट्रष्टले जनाएको छ ।
तपाईको प्रतिक्रिया