मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024
काठमाडौं– राष्ट्रपति डा. रामवरण यादवकी भतिजी रेखा यादवको घरमा नेपाली सेनाका जवान कार्यरत रहेको पाइएको छ ।
रेखाको घरमा लामो समयदेखि सैनिक जवान रामबहादुर तामाङ कार्यरत रहेको प्रहरीले जनाएको छ । ललितपुर सैंबुस्थित रिलाइबल कोलोनीभित्र रहेको रेखाको घरमा मंगलबार राति सशस्त्र समूहले सैनिक तामाङसहित परिवारका सदस्यलाई नियन्त्रणमा लिएर आठ लाख ६० हजार रुपैयाँबराबरको धनमाल लुटेको थियो ।
सैनिक जवान कुन हैसियतमा घरमा बसेको भन्ने प्रश्नमा सेना अस्पष्ट छ । सेनाले यसबारे खुलाउन चोहन । ‘मैले राम्रोसँग बुझ्न पाएको छैन, बुझ्दै छु, तपाईं राष्ट्रपति कार्यालयको सचिवालयमा बुझ्नुस्,’ उनले ठाडो जवाफ दिए ।
तपाईको प्रतिक्रिया