मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024
काठमाडौं– पर्साको प्रमुख जिल्ला अधिकारी (सिडियो) हुँदा पुरानो गाडी दिएको भन्दै झापड हान्ने तत्कालिन राज्यमन्त्री करिमा बेगमबाट दुर्गाप्रसाद भण्डारीलाई बज्रपात गरेको छ ।
कारागार व्यवस्थापन विभागबाट कास्कीको प्रमुख जिल्ला अधिकारी सरुवा गर्ने निर्णय लगत्तै बेगमकै दबाबमा रद्द भएको छ । सरुवा लगत्तै बेगमले आफ्नै पार्टी फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारलाई निर्णय रद्द गर्न दबाब दिएकी थिइन् ।
‘मलाई सार्वजनिकरुपमा अपमान गर्नेलाई तपाईंले कास्की (जुन पोखराजस्तो नगर भएको जिल्ला)मा सरुवा गरेर पुरस्कार दिन चाहनुहुन्छ,’ करिमाको भनाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘निर्णय लागू भए तपाईंको पार्टीमा बस्दिन ।’
करिमाले भण्डारीलाई पहाडी जिल्लामा सरुवा गर्न माग गरेकी छन् ।
तपाईको प्रतिक्रिया