मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024
काठमाडौं– अर्थमन्त्री बर्षमान पुनले सेना समायोजनको विषयमा आफ्नो पार्टी भित्र वा बाहिर जतिसुकै विवाद उत्पन्न भएपनि अहिले भएको सहमतिको विकल्प नरहेको बताउनु भएको छ ।  भैरहवामा सुरु भएको ‘दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन माहोत्सव–२०६८’ को उद्घाटन गर्दै उहाँले लडाकु पुनर्वर्गीकरणका लागि टोलीहरु शिविरमा पुगिसकेको र तालिका अनुसार नै काम अघि बढ्ने बताउनु भयो । भारतसंग गरिएको बिपा सम्झौताले नेपालको आर्थिक विकासका लागि ठूलो संभावनाको ढोका खोलेको भन्दै मन्त्री पुनले चीसंग पनि बिपा संम्झौता गर्ने तयारी भईरहेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया