मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024
सुनसरी सुनसरीको इटहरी क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टमा खुलेआम यौनजन्य क्रियाकलाप हुने गरेको गुनासो वढेपछि सरकारी निकायले छड्के अनुगमन सुरु गरेका छन् ।
सुनसरी जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, होटल व्यावसायी संघ, नागरिक समाजका प्रतिनिधि सम्मिलित टोलीले पकली र इटहरी क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टमा छापा मारेको हो ।
यहाँ रहेका अधिकांश होटलले मर्यादा उल्लघन गरेको पाइएको अनुगमन टोलीका संयोजक सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।
होटल तथा लजलाई व्यवसायिक रुपमा मर्यादित बनाउन र सामाजिक मर्यादा उल्लंघन गर्ने होटलहरुलाई कानुनी दायरामा ल्याउन अनुगमन थालिएको घिमिरेको भनाइ छ । ***
तपाईको प्रतिक्रिया