Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

दुबई, युएई –  गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्ब परिषदको अक्टोबर १२ देखि १४ सम्ममा हुने लागेको पाँचौ बिस्व सम्मेलनले “हाम्रो सञ्जाल–हाम्रो पहिचानः समृद्ध नेपाल” भन्ने नाराका साथ प्रारम्भ भई आगामी २०११-२०१३ को लागि नया कार्य समितीको चयन गरि सम्पन्न हुनेछ । उक्त सम्मेलनमा बिश्वका ५७ देशमा रोजगारी, पेशा ,ब्यबसाय र अध्ययनका लागि गएका गैरआवासीय नेपालीहरुको सहभागिता रहने हुनाले विभिन्न मुलुकहरुबाट व्यापक रुपमा नेपाल भित्रिने क्रम तिब्र रुपमा भईरहेको छ ।

२००३ मा स्थापना भएको गैर आवासीय नेपाली संघले ८ वर्षको अबधिमा विश्वका ५७ भन्दा बढी मुलुकमा आफ्नो संजाल विस्तार गर्न सफल भईरहेको हुनाले आगामी सम्मेलनमा विदेशमा रहेका नेपालीले के कस्ता समस्याहरु भोग्नुपरेको र त्यस्ता समस्याहरुलाई निराकरणका लागि कसरी लागिपर्ने जसले सुरिक्षित आप्रबास हुनसक्छ, संघ दर्ता प्रक्रिया, विधानमा सुधार, सामुहिक लगानीको बाताबरण तयार गरी सम्बृद्ध नेपाल बनाउने भन्ने निश्कर्ष सहित नयाँ कार्यसमितिलाई निर्वाचन प्रिक्रिया मार्फत नेत्रित्व सुम्पिने कार्यक्रम रहेको छ।

गैरआवासीय नेपाली संघको आगामी दुईवर्षे कार्यकालका लागि पूर्व उपाध्यक्ष जिबा लामिछानेले १ महिना अगाडी देखिनै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै विभिन्न पत्र पत्रिकाहरुमा आफुले नेत्रित्व पाएमा गर्ने कार्यहर प्रस्तुत गर्दै आउनु भएको र वर्तमान अध्यक्ष देवमान हिराचनले हिजो मात्रै पत्रकार सम्मेलन गरि पुन: अध्यक्ष पदमा उम्मेदवारिको घोषणा गरी आफ्नो कार्यकालमा भए/गरीएका कार्यहरुको विवरण र आफूलाई विजयी बनाएमा दोहोरो नागरिकता र गैर आवासीय नेपालीले पनि स्वदेशमा मतदान गर्न पाउने लगायत अन्य धेरै कार्यहरुको लागि पहल गर्ने जानकारी सबै सामु प्रस्तुत गरेका छन् ।

यस्तै उपाध्यक्षमा दुबईमा बिगत ३२ वर्षदेखि पेशा व्यसाय लगायत समाज सेवा गर्दै आउनुभएका बरिष्ठ समाजसेवी, ईन्जिनियर तथा पूर्व मध्यपूर्व संयोजक चन्द्रप्रसाद सापकोटा र वर्तमान कोषाध्यक्ष रामेश्वर शाह, बेलायतबाट क्याप्टेन हितमान गुरुङ, अस्ट्रेलियाबाट इन्द्रा बन, द. कोरियाबाट तेन्जी शेर्पा, जर्मनीबाट दिलबहादुर गुरुङ र अमेरिकाबाट वर्तमान महासचिब रतन झा गरि ७ जनाले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ।त्यस्तै महासचिवमा दुबईबाट राष्ट्रिय समन्वय परिषद UAE का पूर्व महासचिब तथा समाजसेबी सुरेश बस्याल, जापानबाट वर्तमान प्रवक्ता डा. कुमार बस्नेत र अमेरिकाबाट महिला समाजसेबी तथा एनआरएन अमेरिकाको बोर्ड निर्देशकमा रहेकी विष्णुमाया परियार समेत ३ जनाले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । सचिवमा कतारका युवा समाजसेबी तथा पूर्व ICC कोषाध्यक्षमा ६/७ मतले पराजित उम्मेदवार टीबी कार्की (जोकतारमा हुने युवाहरुको ढुकढुकीले चिनिन्छन), बेल्जियमबाट युवराज गुरुङ र सुबास अधिकारी गरि ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् । कोषाध्यक्षमा भने जापानबाट व्यसायी भवन भट्ट र नम्रता पाण्डे अनि अष्ट्रेलियाबाट गोवा कटवाल समेत ३ जनाले उम्मेदवारी घोषणा गरेका छन्।

यसपटक NRN , ICC को अध्यक्ष देखि कोषाध्यक्ष सम्म ६ पदको लागि हालसम्म १८ जनाको उम्मेदवारी घोषणा भएको छ, जसमा जापानबाट ४ जना, दुबईबाट ३ जना, अमेरिकाबाट २ जना, अस्ट्रेलियाबाट २ जना, बेलायतबाट १ जना, रसियाबाट १ जना, द. कोरियाबाट १ जना, कतारबाट १ जना, बेल्जियमबाट १ जना, जर्मनीबाट १ जना र अन्य १ जना रहेका छन् । गैरआवासीय नेपाली संघको ५७ बढी मुलुकमा समन्वय परिसद रहेकोमा जापानबाट मात्रै अध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतका पदमा ४ जनाको उम्मेदवारी घोषणा भएको छ भने दुबईबाट उपाध्यक्षमा र महासचिबमा ३ जनाको उम्मेदवारी घोषणा भएको छ । एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदमा अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव, सचिव र कोषाध्यक्षमा १/१ गरि जम्मा ६ जना र एसिया, युरोप, मध्यपूर्व, उत्तर दक्षिण अमेरिका र आशियान क्षेत्रबाट गरी ५ जना क्षेत्रीय संयोजक र ५ जना क्षेत्रीय उपसंयोजक निर्वाचित हुने व्यवस्था विधानमा छ ।

एशिया प्यासिफिकको संयोजक पदमा एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गले र उपसंयोजकमा ब्यवसायी किरणविक्रम थापाले उम्मेदवारी घोषणा गरेका छन् भने युरोप क्षेत्रको संयोजक पदका लागि बेल्जियमका सुदाम लम्साल र उपसंयोजक पदमा युरोपका केन्द्रिय समन्वय परिषद्का सदस्य लक्ष्य गुरुङले उम्मेदवारी दिने जनाएका छन् । उत्तर अमेरिका क्षेत्रीय संयोजक पदमा अमेरिकाबाट मुकेश सिंह र क्यानाडाका डा. द्रोण रसाइलीले उम्मेदवारी घोषणा गरेका छन् भने भने क्षेत्रीय उपसंयोजकमा एनआरएन अमेरिकाका मिडियाको ओअर्डिनेटर राम खरेलले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तैगरी मध्यपूर्व क्षेत्रीय संयोजक पदमा साउदी अरबबाट धर्म के .सी. र कुबेतबाट राजन कुवँरले उम्मेदवारी दिने जनाएका छन् भने उपसंयोजकमा युएईबाट बरिष्ठ समाजसेवी एल. एन. सुबेदी (हस्ती) ले उम्मेदवारी घोषणा गरेका छन् ।

यसरी सबै उम्मेदवारहरुले आ-आफ्नो चुनाबी घोषणा गरि सकेका र १ जना उम्मेदवारहरुले दुई दिन पछि हुने महाधिबेशनको संघारमा आउदा सम्म आफ्नो चुनाबी घोषणापत्र मिडियामा सार्बजनिक नगरी दुबईबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिएकोमा जिज्ञाशा राख्दा बरिष्ठ समाजसेवी, ईनिन्जिर तथ पूर्व मध्यपूर्व संयोजक चन्द्रप्रसाद सापकोटा भन्नुहुन्छ – गैरआवासीय नेपाली संघ भित्र पार्टीगत राजनीति भित्राउने खेल भएकोले यस संस्थालाई त्यस्तो पार्टीगत स्वार्थबाट अलग गरी स्वच्छ, पबित्र र गैर राजनैतिक बनाउन म जस्तो स्वतन्त्र र संस्थागत हितमा कार्य गर्ने व्यक्तिको खांचो रहेको महसुस गरि आफुले उम्मेदवारी घोषणा गरेको र आफुले चुनाबी घोषणा भन्दा काम गरेर देखाउने बताउदछन् । आशा गरौ पक्कै पनि यो गैरआवासीय नेपाली संघको पाँचौ बिश्व सम्मेलनले “हाम्रो सञ्जाल–हाम्रो पहिचान समृद्ध नेपाल” भन्ने नारालाई साकार बनाउन आगामी दुई वर्षको कार्य समितिम पक्कै पनि योग्य, कुशल र गैर राजनतिक व्यक्तिहरुलाई छनौट गर्ने छ । सम्पूर्ण हस्तीहरुलाई अग्रिम शुभकामना !!

 

 

तपाईको प्रतिक्रिया