Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्व शिक्षामन्त्री गंगालाल तुलाधर एक कार्यक्रममा भाग लिन जापान आउने भएका छन् ।

यहि अक्टोबर ११ तारिखका दिन यहिमे युनिभर्सिटीमा हुन गईरहेको नेपालको बिकास प्रबर्द्धन र पर्यटन बर्ष २०११ सम्बन्धि एक कार्यक्रममा भाग लिन नेताद्वय जापान आउन लागेका हुन् । सोही दिन नेताद्वय नेपाली दूतावासका उपनियोग प्रमुख डा. दूर्गाबहादुर सुबेदी क्षेत्रीले माचुयामा सिटीमा आयोजना गर्ने एक स्वागत समारोहमा भाग लिने कार्यक्रम छ ।

पूर्व प्रम नेपाल र नेता तुलाधर यहि १० तारिख टोकियो आईपुग्ने कार्यक्रम रहेको छ । जापानस्थित नेपाली राजदूतावास प्रमुख आयोजक रहेको पूर्व प्रम नेपालको प्रमुख आतिथ्यतामा गर्ने भनिएको पर्यटन बर्ष सम्बन्धि उक्त कार्यक्रम गत मार्च महिनामै तय गरिएको भए पनि उत्तरपूर्वी जापानमा आएको महाभूकम्प र सुनामीका कारण स्थगित गरिएको थियो । पछिल्लो घटनाक्रमका कारण स्थगित भएको उक्त कार्यक्रम दूतावासले यहिमे बिश्वबिद्यालयको इन्टरनेशनल रिलेशन फोरमलाई आयोजना गर्ने जिम्मा दिएको थाहा भएको छ ।

उक्त बिश्वबिद्यालयमा प्राध्यापनरत सहायक प्राध्यापक डा. नेत्रप्रकाश भण्डारीकाअनुसार ११ तारिखमा हुने सो कार्यक्रममा पूर्व प्रम नेपालले प्रमुख अतिथिकारुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने पूर्व शिक्षामन्त्री समेत रहेका नेकपा एमालेका नेता तुलाधरले नेपालको शिक्षा क्षेत्रको अवस्था र बिकास योजनाका बारेमा प्रकाश पार्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा नेपालमा बिभिन्न सामाजिक गतिबिधिमा क्रियाशील स्वयमसेवी जापानीहरु, नेपाली तथा अन्य बिदेशी बिद्यार्थीहरु गरी २५० भन्दा बढिको सहभागिता रहने अपेक्षा गरिएको छ । आयोजक संस्था इन्टरनेशनल रिलेशन फोरमका अनुसार उक्त कार्यक्रममा दूतावासका उपनियोग प्रमुख डा. सुबेदी, प्राध्यापक र्‍यूइची यातावे, यहिमे बिश्वबिद्यालयका उपाध्यक्ष एवं कार्यकारी निर्देशक र सहायक प्रध्यापक डा. भण्डारीलगायतका ब्यक्तिहरुले बिभिन्न बिषयमा बोल्ने कार्यक्रम रहेको छ ।
११ तारिखकै साँझ आयोजक यहिमे बिश्वबिद्यालयको आयोजनामा नेताद्वय तथा उपनियोग प्रमुखको स्वागतमा एक समारोहको आयोजना गरिने भएको छ भने भोलिपल्ट १२ तारिख बिहान नेताद्वयको यहिमे प्रिफेक्चरका गभर्नर टि. नाकामुरासंग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । यसैगरी दिउसो नेताद्वय नेप्लीज फोरम इन यहिमेद्वारा आयोजना गरिने अन्तरक्रिया कार्यक्रममा सरिक हुने भएका छन् । यसबाहेक नेताद्वय नागासाकी, फुकुओका, टोकियोमा हुने अन्य कार्यक्रमहरुमा पनि सरिक हुने जनाईएको छ । पूर्व प्रम नेपालले टोकियोका नेपाली समुदायसंग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको डा. भण्डारीले बताएका छन् ।

अघिल्लो महिना मात्र एक सम्मेलनमा भाग लिन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान आएका पूर्व प्रम नेपाल जापानको एक सप्ताहब्यापी भ्रमण सकेर अक्टोबर १५ को राती १२ बजे हानेदा बिमानस्थल हुँदै स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ । अर्का नेता पूर्व शिक्षामन्त्री तुलाधर भने एक रिसर्च सम्बन्धि कार्यका लागि आगामी अक्टोबर २९ सम्म यहिमे बिश्वबिद्यालयको गेष्टहाउसमा रहने बताईएको छ । नेता तुलाधर अक्टोबर ३० तारिख मात्र स्वदेश फ़र्कने कार्यक्रम छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया