आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं- प्रधानसेनापति छत्रमान सिंह गुरुङको चीन भ्रमण स्वीकृत भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले भम्रण स्वीकृत गरेको हो । बैठकले चीन सरकारले वीरेन्द्र सैनिक अस्तपालका लागि उपलब्ध गराउने भनिएको मेडिकल उपकरण ग्रहण गर्ने पनि अनुमति प्रदान गरेको उपप्रधान तथा परराष्ट्रमन्त्री नाराणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा बिभिन्न मन्त्रालयका नियमित काम कारबाही तथा सुरक्षा अवस्थाका बारेमा समेत छलफल भएको थियो ।
त्यस्तै, बैठकमा भारतसँग भएको दुईपक्षिय लगानी संरक्षण तथा प्रवर्द्धन (बिप्पा) सम्झौताको कार्यान्वयन र दोहोरो कर अन्त्यसम्बन्धी सम्झौता अगाडि बढाउने विषयमा छलफल भएको थियो । विभागीय मन्त्रालय अन्तर्गतका एकदर्जनभन्दा बढी एजेण्डा रहेकाले त्यसमाथि पनि छलफल भएको स्वास्थ्यमन्त्री राजेन्द्र महतोले बताए ।
तपाईको प्रतिक्रिया