मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं– गत मंगलबार बागलुङमा दुर्घटनाग्रस्त नेपाली सेनाको आइल्याण्डर विमानमा सवार सबै ६ जनाको शब बिहीबार बिहान आफन्तजनलाई बुझाइएको छ ।
दुर्घटनास्थलबाट बुधबार राजधानीको छाउनीस्थित वीरेन्द्र अस्पतालमा ल्याइएका शवहरु बिहीबार पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पुरा गरी आफन्तजनलाई बुझाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । त्यसअघि बिहान छाउनी अस्पतालमा अन्तिम श्रद्धाञ्जलीको व्यवस्था मिलाइएको थियो ।
बिरामी लिएर नेपालगञ्जबाट काठमाडौंका लागि उडेकोसेनाको सेनाको RAN 49 BN 2 T बिमान बागलुडको बोवाङमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित ६ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेहरुमा चालकद्वय सेनानी विशालसिंह राठौर र दिवाकर कार्की, सह–सेनानी डाक्टर रमिता पाठक, सिपाही केशवसिंह ऐरी, उनका दाजु नेपाल प्रहरीका प्रहरी जवान रघुवीर ऐरी र सिपाही मिलन गोतामे छन् ।
तपाईको प्रतिक्रिया