Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

एउटा मानिसको आफ्नो आवश्यक्ता, इच्छा र आकांक्षा अनेक हुन्छन जुन व्यक्तिपिच्छे फरक हुन सक्छ । सामान्यतया मानिस आफ्नो आवश्यक्ता र मनोकांक्षा पूरा गर्न `आवश्यक्ता परिपूर्तिको सिद्दान्त` अनुसार एउटा सीमित परिधिभित्र रहेर जीवन संघर्षका पाइलाहरु अगाडि बढाउछ, आफू र आफ्नो परिवारको कल्याणका लागि । केहि यस्ता असल मानिस पनि हुन्छन जसले आफू, आफ्नो परिवार, समाज र देशका लागि एकैसाथ सकारात्मक योगदान पुरयाउछन् । अपितु: समाजमा त्यस्ता मान्छे विरलै पाइएलान जसले आफू, परिवार, समाज र देशभन्दा पनि माथि उठेर सात समुद्रपारि रहेको अर्को देशको गरीबी, अशिक्षा, रोग, भोकले पीडित असहाय बालबालिकाको उज्वल भविष्यका लागि दिनरात अदम्य संघर्ष जारी राखेको होस् । हिरोयुकी मियाची

एक त्यस्तै अतुलनीय एवम विशाल हृदय भएका जापानी नागरिक हुन् जो विपन्न एवम असहाय नेपाली बालबालिकाको जीवनमा कसरी

परिवर्तन ल्याउन सकिन्छ भनेर नेपालबाट हजारौ माइल टाढा जापानी भूमिमा दिनरात संघर्षका पाइलाहरु अगाडि बढाईरहेका छन् ।

हिरोयुकी मियाचीले नेपाली असहाय, दीनदु:खी एवं सडक बालबालिकालाई सहयोग गरि उनीहरुको जीवनमा सकारात्मक परिबर्तन ल्याउने दृढ अठोट र संकल्पका साथ एसियन चाइल्ड सपोर्ट नामक संस्थाको सुरुवात गर्दै १० अक्टोबर २०१० देखि नेपाली झण्डा बोक्दै सम्पूर्ण जापान पैदल यात्रा गरि घुम्ने महायात्राको शुभारम्भ जापानको नागोया शहरबाट शुरु गर्नुभएको हो । आफ्नो यात्रा सुभारम्भ पश्चात निरन्तर पैदल यात्रा गर्दै जापानको दक्षिणी टापू ओकिनावा देखि उत्तरी टापू होक्काइडो सम्म पुगी हजारौं जापानीजबीच गौतम बुद्ध र शान्तिको देश नेपालको झण्डा बोक्दै नेपाल चिनाउदै नेपालका गरिब र बेसहारा बालबालिकाकालागि सहयोग गर्न हार्दिक अपिल गर्दै हिड्नुभएको छ । जापानको लगभग नब्बे प्रतिशत भूभागको यात्रा गरिसक्दा अहिलेसम्म ९००० किलोमिटर पैदल यात्रा तय भैसकेको र आउँदो नोवेम्बर ११ तारिखका दिन पुन: नागोयानै पुगेपछि उहाँको यात्रा सम्पन्न हुने छ ।

आफ्नो यात्रा विभिन्न संघसस्था एवं सहयोगी सहृदयीहरुको सहयोगमा जारी रहेता पनि दैनिक लगभग २५० येनले मात्र उहाँले खाना र यात्रा खर्च टारिरहेको तथा रातको समयमा टेन्ट गाडेर टेन्ट भित्र आफैंले खाना बनाएर खाने र सुत्ने गर्दै आउनुभएको छ । यात्राका क्रममा नेपालीबाट सहयोग प्राप्त नेपाली एभरेस्ट कफी र नून ठेलागाडामा राखेर ठेलागाडा डोरयाउंदै बिक्रि गर्दै हिड्नु भएको छ । यसरि नून, कफी बिक्रिबाट आएको पैसा वा अन्य मनकारी महानुभावले दिएको

आर्थिक सहयोगनै किन नहोस, उक्त रकम बाटा खर्च वा अन्य प्रयोजनको लागि प्रयोग नगरी सोझै आफ्नो संस्था एसियन चाइल्ड सपोर्टको खातामा जम्मा गरि उक्त रकम नेपाली असहाय एवं सडक बालबालिकाका लागि मात्र प्रयोग गर्ने अटल प्रतिबद्दताकासाथ हिंड्दै आउनुभएको छ ।

यस अघि सन् २००९ मा फिलिपिन्समा सडक एवं गरीब बालबालिकाका लागि उहाँले शिक्षा, पोषण र स्वास्थ सम्बन्धि काम गरिसक्नु भएकोमा नेपाली झण्डा बोक्दै नेपालका लागि भनेर हिड्नुको रहस्य के हो त भनि बुझ्ने सन्दर्भमा उहाँको जवाफ थियो, `नेपालका बालबालिकाको स्थिति अझ बढि दयनीय रहेको, खानाको अभावमा भोकभोकै बस्नु परेको अवस्था रहेको र द्वन्दका कारण बिस्थापित, असहाय एवं सडक बालबालिकाको संख्यामा भएको बृद्दिका कारण नेपाली बालबालिकाको हितमा काम गर्ने अभिप्रेरणा मिल्यो ।` मियाची नेपालका गरिब, असहाय र खानाको अभावमा पेट खाली बस्नुपरेका मानिस र बिशेषगरी बालबालिकाको कारुणिक यथार्थताले उद्वेलित भई समय समयमा भावुक हुने गर्नुहुन्छ । मान्छेले खाना नपाएर भोकभोकै हिड्नु पर्दाको पींडा कस्तो हुदो रहेछ भनेर स्वयंले अनुभव गर्न पैदल यात्रा शुरु गरेदेखि लगातार ४ महिना सम्म एक छाक मात्र खाना खाई हिड्ने गरेको जसले गर्दा शरीरलाई चाहिने आवश्यक पोषण अभावका कारण त्यस बीचमा आफ्नो २२ किलो वजन घटेको अविस्मरणीय अनुभव उहाँसंग छ ।

गरिब बालबालिकाको सेवा गर्न अत्यन्त कठिन र लामो पैदल यात्रानै किन रोज्नु भयो त भन्ने जिज्ञासामा उहाँले `पैदल यात्रा गरि अर्थ संकलन गर्ने अभिप्रायले नभई जापानीहरुलाई नेपाल देश अनि त्यहाँका बालबालिकाको कारुणिक अवस्थाको बारेमा जानकारी दिएर केहि गरौँ भन्ने भावना जागृत गराउनु` रहेको कुरा जानकारी दिनुभयो । `धन भन्दा तन र तन भन्दा मन ठूलो हो` भन्दै उहाँले `अरुलाई सहयोग गरौँ भन्ने भावना हृदयबाट आउनुनै सबैभन्दा ठूलो कुरा हो` भन्ने कुरा स्पष्ट पार्नुभयो । गरिब, असहाय एवं सडक बालबालिकाको पनि अरु सरह शिक्षा, स्वास्थ्य, मनोरन्जन, पोषण र माया पाउने जस्ता नैसर्गिक अधिकार रहेकाले उनीहरुलाई सक्दो सहयोग गरि उनीहरुको अनुहारमा हाँसो ल्याउन आफू पबित्र हृदयकासाथ लागिपरेको भनाइ उहाँको रहेको छ ।

मियाचिको एसियन चाइल्ड सपोर्ट संस्थाले `करी विथाउट वरी` अर्थात् `निश्चिन्त ढंगले खानाको जोहो` नामक कार्यक्रम काठमाडौँमा संचालन गरिरहेको छ । उक्त कार्यक्रम अन्तर्गत हरेक हप्ताको एकदिन भोका र पेट खाली भएका काठमाडौँका सडक बालबालिकालाई जम्मा गरि पौष्टिक युक्त दुई छाक खाना खुवाउने काम गर्दै आइरहेको छ । पैदल यात्राको समाप्ती पश्चात नेपाल गएर यस कार्यक्रमलाई अझ व्यापक बनाउने र त्यसपछि गरीब, घरबारबिहीन, अशक्त, अपाङ्ग, बेसहारा एवं अन्य जोखिममा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्य उपचार, पोषण,

बालअधिकार संरक्षण जस्ता क्षेत्रमा प्रभावकारी काम गर्ने योजना रहेको उहाँले खुलासा पार्नुभयो ।

मानवता अनि मानवीय संबेदनाको खडेरी पर्दै गइरहेको आजको अवस्थामा, आफ्नो देशबाट सुदुर भौगोलिक दुरीमा रहेको नेपाली बालबालिकाको उज्वल भविष्यका लागि नि:स्वार्थ ढंगले

अहोरात्र लाग्नुभएका मियाचिको यस्तो अकलुषित कार्यले मानव कल्याण र परोपकारको मार्गमा लाग्न सबैलाई प्रेरणा दिएको छ । ***

तपाईको प्रतिक्रिया