मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
अछाम– नेपालको सबैभन्दा बढी एचआइभी पीडित व्यक्तिको बसोबास रहेको भनेर चिनिने जिल्ला अछाममा हालसम्ममा एचआइभी सङ्क्रमितको सङ्ख्या एक हजार १७३ पुगेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय अछामले दिएको तथ्याङ्कअनुसार जिल्लाभर रगत परीक्षण गराउने ३८ हजार पाँच सय १२ मध्ये सात सय ३४ जना महिला र चार सय ३९ पुरुषमा एचआइभी पोजेटिभ देखिएको छ ।
एचआइभी पोजेटिभ देखिएकामध्ये ३० देखि ३९ उमेर समूहका बढी छन् । यो उमेर समूहमा मात्रै एचआइभी सङ्क्रमितको सङ्ख्या चार सय ९० छ । जम्मा सङ्क्रमितमध्ये ७८ जना बालबालिका हुन् ।
यसमध्ये ४७ जना बालक र ३१ जना बालिका रहेका छन् । जिल्लामा बालबालिकामा समेत एचआइभी÷एड्सले डरलाग्दो रुप देखाएको छ ।
तपाईको प्रतिक्रिया