मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं- विश्व हिन्दू युवा संघका अध्यक्ष काशीनाथ तिवारी हत्या अभियोग लागेका भूमिसुधार मन्त्री प्रभू साहको राजीनामासँगै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि एक विश्वास पात्र गुमाएका छन् ।
जनयुद्धदेखि नै आफ्नो पक्षमा आँखा चिम्लिएर लागेका साहको सरकारबाट दुःखद विदाइ पनि स्वयं भट्टराईले नै गर्नुपर्‍यो । राजीनामा दिँदा साहभन्दा बढी भावुक प्रधानमन्त्री देखिन्थे ।
जनयुद्धमा भट्टराईलाई कारबाही हुँदा पनि थोरै साथमा रहनेमध्ये साह पनि एक थिए । ‘अरु धेरै नेता यसबीचमा भट्टराईलाई छाड्ने/आउने गरे, तर उहाँलाई प्रभूजीले कहिल्यै छाड्नुभएन,’ एक नेताले भने ।
पालुङटार बैठकमा पनि भट्टराईको पक्षमा मधेसको मत थुपार्ने काम साहले गरेका थिए । उनको राजीनामासँगै भट्टराईको मधेसमा पकड खस्किने अनुमान गरिएको छ ।
साहमाथि विश्व हिन्दू युवा संघका अध्यक्ष काशीनाथ तिवारी हत्या अभियोग लागेको छ । एक आरोपीले भूमिसुधार मन्त्री प्रभू शाहको निर्देशनमा हत्या गरिएको बयान दिएपछि उनी पनि तानिएका थिए ।
अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँबजारमा आइतबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले साहलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया